News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते दिउँसो ४ बजे केन्द्रीय समिति बैठक बोलाएको छ।
- बैठकमा संसदीय दलको नेता चयन गर्ने र प्रधानमन्त्री शपथसम्बन्धी छलफल हुने छ।
- नवनिर्वाचित सांसदहरूले सोही दिन शपथ लिँदैछन् र १३ चैतमा प्रधानमन्त्री शपथ गराउने तयारी छ।
९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । चैत १२ गते दिउँसो ४ बजे बस्नेगरी बैठक बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्नेछ ।
बैठकमा संसदीय दलको नेता सम्बन्धमा छलफल हुने रास्वपाले जनाएको छ । केन्द्रीय समितिबाट निर्णय गराएर रास्वपा संसदीय दलले बालेनलाई संसदीय दलको नेता चयन गर्नेछ । सोही दिन नवनिर्वाचित सांसदहरूले शपथ लिँदैछन् । शपथ लगत्तै रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो ।
रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री घोषणा गरेको थियो । रास्वपा र बालेनबीच भएको सहमतिमा पनि उनलाई भावी प्रधानमन्त्री बनाउने उल्लेख थियो ।
प्रधानमन्त्री हुनका लागि संसदीय दलको नेता हुनुपर्छ । सोही दिन उनलाई संसदीय दलको नेता चयन गर्ने र भोलिपल्ट अर्थात् १३ चैतमा प्रधानमन्त्रीको शपथ गराउने तयारी रास्वपाको छ ।
रास्वपाका शीर्ष नेताहरू अब बन्ने मन्त्रिपरिषद् र त्यससँग सम्बन्धित काममा निरन्तर लागिरहेका छन् ।
प्रतिक्रिया 4