+
+
Shares

इरान भन्छ- वार्ता भएकै छैन, ट्रम्पको प्रतिक्रिया- एक शीर्ष व्यक्तिसँग भइरहेको छ

पत्रकारले ती शीर्ष नेता इरानका सर्वोच्च नेता मोजतबा खामेनी हुन् ? भनेर सोधेको प्रश्नमा ट्रम्पले भने, ‘थाहा छैन उनी जिउँदो छन् या छैनन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते २०:५७

९ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका शीर्ष एक व्यक्तिसँग युद्ध रोकेर सम्झौता गर्न वार्ता भइरहेको दाबी गरेका छन् । सोमबार ट्रम्पले इरानसँग युद्ध रोक्न वार्ता भइरहेको दाबी गर्दै पाँचदिन इरानमा हमला नगर्ने बताएका थिए ।

ट्रम्पको सो दाबीलाई इरानी विदेशमन्त्री अब्बास अरागचीले खारेज गरेका थिए । ‘हामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेको कुरा इन्कार गर्छौँ । जसमा उनले अमेरिका र इरानबीच वार्ता भइरहेको कुरा भनेका थिए,’ इरानी विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ ।

त्यसपछि ट्रम्पले पत्रकारसँग कुराकानी गर्दै इरानको ‘एक शीर्ष व्यक्तिसँग अमेरिका वार्ता गरिरहेको’ प्रतिक्रिया दिएका हुन् ।

फ्लोरिडामा पत्रकारसँग कुराकानी गर्दै ट्रम्पले भनेका छन्, ‘उनीहरू(इरान) चाहन्छन् सम्झौता होस् । हामी पनि सम्झौता चाहन्छौँ । आज हामी सायद फोनमा वार्ता गर्छौँ ।’

यदि सबै ठिक भए युद्ध समाधान गर्ने उनले बताए । ‘नभए हामी लगातार बम बर्साइरहन्छौँ । हेर्छौँ उनीहरू के कुरा गर्छन्,’ ट्रम्पले भने । बढीजसो विषयमा सहमति भइरहेको उनले बताए ।

ट्रम्पले वार्ता भइरहेका शीर्ष व्यक्ति को हुन् भनेर परिचय भने खुलाएनन् । पत्रकारले ती शीर्ष नेता इरानका सर्वोच्च नेता मोजतबा खामेनी हुन् ? भनेर सोधेको प्रश्नमा ट्रम्पले भने, ‘थाहा छैन उनी जिउँदो छन् या छैनन् ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?