+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

डेनमार्क पुगेर रामचन्द्रले भने- विदेशमा कमाएको पैसाले जग्गा किन्यो, घर बनायो!

'कमाएर घर जग्गा जोड्नु भन्दा, लगानी गर्नुहोस्'

बसन्त रानाभाट बसन्त रानाभाट
२०७३ माघ २९ गते ९:५६

२९ माघ, बार्सिलोना । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विदेशमा कमाएको पैसाले घरजग्गा जोड्नुभन्दा लगानी गर्नु पर्नेमा जोड दिएका छन्।  डेनमार्कस्थित नेपाली दूताबासले शुक्रबार साँझ आयोजना गरेको रिसेप्सन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले थोरै-थोरै पैसा जम्मा गर्दै पुँजीमा जोड्न सकेमा मुलुकलाई समेत फाइदा हुने बताए।

पौडेलले भने, “अलिअलि बिदेशमा संकलन भएको पैसालाई पुँजीमा कसरी रुपान्तर गर्न सकिन्छ भन्ने बारे सोचौं। यसो गर्दा तपाईलाई मात्र हैन, मुलुकलाई पनि फाइदा हुन्छ। पैसा लग्यो, जग्गा किन्यो घर बनायो, तर यसले भोलिका लागि फाइदा हुँदैन, जम्मा गरेको पैसाले लगानी गर्न सक्यौं भने भविष्यको आधार  पनि सुनिश्चित हुन्छ।”

नेपालको राजनीतिक संयन्त्र गतिलो नभएका कारणले नै देशको विकास हुन नसकेको नेता पौडेलले बताए। तर, एउटा ब्यवस्थालाई स्थायित्व दिन सके, अबको १० बर्षभित्र नै मुलुकले काचुली फेर्ने दाबी समेत गरे। पौडेलले भने,” संक्रमणकालमा अहिलेको लडाइँ भनेकै राम्रो ब्यबस्थालाई स्थायित्व दिनका लागि हो। कृषि क्रान्ति,पर्यटन विस्तार र उर्जा शक्तिको मात्र बिकास हुन सक्यो भने,यहाँको जस्तै विकसित रुपमा देख्न सक्छौं, नेपालमा पनि यस्तै एयरपोर्टहरु  बनाउन सक्छौं।”

नेता पौडेलले नदीनाला, हिमाल, पहाड तथा प्राकृतिक सौन्दर्यताले नेपाल निकै धनी मुलुक भएता पनि प्रविधिमा पछि परेको बताए।“अन्य कुराले हामी धेरै अगाडि छौं तर टेक्नोलोजीमा भने यिनीहरु नै अगाडि भए। तर, विस्तारै विस्तारै नेपालले पनि सिको गर्दै छ, तपाईहरु पनि आफ्नो अनुभवलाई मुलुकका लागि प्रयोग गर्न सक्नु भएमा हामी पनि अगाडि बढ्न सक्छौं” पौडेलले भने।

मुलुकमा संबिधान जारी भएपछि  एउटा ब्यवस्थाको टुंगोमा पुगेको बताउँदै उनले अब यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिए। उनले भने,” स्टेबल हुन नदिने खेल भइरहेको छ, तर अनुकुल प्रतिकुल परिस्थितिमा पनि देशलाई कसरी सम्हालेर लौजाने भनेर संघर्ष गर्नुपर्ने हाम्रो काम हो।”

बरिष्ट नेता रामचन्द्र पौडेल नेपाली जनसम्पर्क समिति डेनमार्कको चौथो अधिबेशनलाई सम्बोधन गर्न शुक्रबार कोपेनहेगन आइपुगेका हुन्। यसअघि पौडेललाई जनसम्पर्क समिति डेनमार्कले विमानस्थलमा स्वागत गरेको थियो।

नेपालदेखि लण्डन हुँदै कोपेनहेगन आएका पौडेल डेनमार्कपछि नेदरल्याण्डको कार्यक्रममा सहभागी हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?