+
+
Shares

अमेरिकी प्रहरीको हेलिकप्टर विस्थापित गर्दै ‘गार्डियन’ ड्रोन, बजारमा ब्रिन्कको उदय

९११ आपतकालीन सेवाका लागि डिजाइन गरिएको यो ड्रोन ६० माइल प्रतिघण्टाको गतिमा उड्न सक्छ र यसको ब्याट्री क्षमता ६२ मिनेटसम्मको रहेको बताइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते २०:४६

११ चैत, काठमाडौं । सीएटलस्थित स्टार्टअप कम्पनी ‘ब्रिन्क’ले सार्वजनिक सुरक्षाको क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यका साथ आफ्नो नयाँ ड्रोन ‘गार्डियन’ सार्वजनिक गरेको छ ।

कम्पनीका संस्थापक २३ वर्षीय ब्लेक रेसनिकका अनुसार यो ड्रोन अमेरिकी प्रहरीले प्रयोग गर्ने परम्परागत हेलिकप्टरको विकल्प बन्ने क्षमता राख्दछ ।

९११ आपतकालीन सेवाका लागि डिजाइन गरिएको यो ड्रोन ६० माइल प्रतिघण्टाको गतिमा उड्न सक्छ र यसको ब्याट्री क्षमता ६२ मिनेटसम्मको रहेको बताइएको छ ।

यस ड्रोनको सबैभन्दा ठूलो विशेषता यसमा जडान गरिएको ’स्टारलिंक’ प्यानल हो, जसका कारण यो विश्वको जुनसुकै कुनाबाट पनि इन्टरनेटमा जोडिन सक्छ ।

‘गार्डियन’ मा ४ के क्यामेरा, थर्मल इमेजिङ र शक्तिशाली लाउडस्पिकर जडान गरिएको छ, जसले निकै उचाइबाट पनि गाडीको लाइसेन्स प्लेट स्पष्टसँग पढ्न सक्ने क्षमता राख्दछ । साथै, यसको ‘चार्जिङ नेस्ट’ बाट आफैँ ब्याट्री परिवर्तन हुनुका साथै आपतकालीन अवस्थाका लागि ‘डिफिब्रिलेटर’ र जीवनरक्षक औषधिहरू समेत पुरÞ्याउन सकिने देखिन्छ ।

साम अल्टम्यान जस्ता दिग्गज लगानीकर्ताहरूको साथ पाएको ब्रिन्कको भ्यालुएसन अहिले आधा अर्ब डलर पुगेको छ ।

अमेरिकी प्रशासनले चिनियाँ ड्रोन निर्माता डीजेआईमाथि प्रतिबन्ध लगाएपछि रेसनिकले आफ्नो कम्पनीलाई ‘पश्चिमको डीजेआई’ बनाउने लक्ष्य राखेका छन् ।

अमेरिकामा रहेका करिब २० हजार प्रहरी विभाग र ३० हजार दमकल कार्यालयहरूलाई लक्षित गर्दै रेसनिकले यो क्षेत्रमा ६ देखि ८ अर्ब डलरको बजार अवसर रहेको दाबी गरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?