Comments Add Comment

सौराहामा होटलको नाम राख्ने नौलो तरिका

नविन अर्याल

१८ भदौ, सौराहा (चितवन) । नेपालीमा उखानै छ, ‘जुन गोरुको सिङ छैन, उसैको नाम तीखे ।’ मान्छेहरुकै नाम पनि धन नहुनेको धनबहादुर, मन फराकिलो नहुनेको मनबहादुर र दुब्लो मान्छेको नाम बलबहादुर रहने गरेकै छ । तर, चितवनको सौराहामा खोलिएका होटलहरुको नाम चाहिँ यस्तो अमिल्दो र हास्यास्पद भेटिँदैनन् ।

होटलको नाम कस्तो राख्ने भन्ने कुरा स्थानीय संस्कारमा पनि भर पर्छ । सप्तरीको बरमझियामा बाजेको पेडा पसलबाट शुरु भएको नाम पुरानो बाजेको, उही बूढो बाजेको इत्यादि नामतिर केन्द्रित भएको पाइन्छ । तर, सौराहामा भने होटलका नाम राख्ने प्रचलनको आधार बरमझियाको पेडा दोकानको भन्दा भिन्न रहेको छ ।

sauraha hotel

वाइल्ड लाइफ पर्यटकीय क्षेत्र सौराहमा होटलका नाम समेत वाइल्ड लाइफसँग जोडिएका छन् । अधिकांश होटलहरुको नाम त्यस क्षेत्रमा पाइने जनावर, रुखविरुवा, चरा, ठाउँ, नदीलगायतसँग जोडिएको छ । अंग्रेजीमा नामाकरण गरिएको भए पनि सौराहाका होटलहरुको नाम सुन्दै आनन्द आउने स्वदेशी पर्यटकहरु बताउँछन् । विदेशी पर्यटकसमेत त्यहाँका होटलका नामसँग प्रभावित भएको जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेले बताउनुभयो ।

‘नामले पनि स्थानीय क्षेत्रको सुचना प्रवाह गरिरहेका हुन्छन’ घिमिरेले भन्नुभयो- ‘सौराहाका होटल व्यवसायीहरुले जुन क्षेत्रमा त्यहाँको पर्यटन अडिएको छ, त्यसैबाट होटलको नाम राखेका छन् ।’ होटलको नाम सुन्दा पनि रमाइलो लाग्ने उहाँको भनाइ छ ।

यस्ता छन् होटलका नाम

सौराहा तथा त्यस आसपासको क्षेत्रमा जंगल सफारी लज, बागमारा वाइल्ड लाइफ रिसोर्ट, चितवन एडभन्चर रिसोर्ट, चितवन फरेष्ट रिसोर्ट, चितवन गोइडा लज, चितवन प्याराडाइज होटेल, चितवन पार्क कटेज, चितवन रिभर साइड रिसोर्ट, चितवन टाइगर क्याम्प, इडेन जंगल रिसोर्ट, इको वाइल्ड लाइफ लज, गि्रन मनसुन जंगल रिसोर्ट, हाम्रो होटल एण्ड लज, होली लज, होली डे सफारी जंगल लज, होटल हर्मिटेज, होटल बटरफ्लाई, होटल जंगल लज, होटल पार्क ल्यान्ड, होटल पार्क साइड, होटल रेन फरेष्ट, होटल वाइल्ड लाईफ क्याम रहेका छन् ।

त्यसैगरी, होटल वेष्टवुड, होटल नेचर हेरिटेज, इन्टो दि वाइल्ड इको रिसोर्ट, जंगल नेपाल रिसोर्ट, जंगल सनसेट क्याम्प, जंगल टुष्टि क्याम्प, जंगल एडभञ्चर वल्र्ड होटल, जंगल वाइल्ड लाइफ क्याम्प, जंगल वल्र्ड रिसोर्ट, जंगल भिल्ला रिसोर्ट, मखन प्याराडाइज होटल, मखन कन्ट्री भिल्ला, पार्क भिउ लज, रेन्वो सफारी रिसोर्ट, राइनो लज एण्ड होटल, राइनो रिसोर्ट, रिभर ब्याङ्क इन, रिभर साइड होटल, रिभर भ्यू जंगल क्याम्प, रोयल पार्क होटल, सतनचुली वाइल्ड भ्यू रिसोर्ट, सौरहा रिसोर्ट, सफारी नारायणी होटल, सफारी क्लब प्रालि, थारु ल्ाज, टाइगर वाइल्ड लाइफ क्याम्प, टाइगर ल्याण्ड सफारी रिसोर्ट, टाइगर टप्स, टाइगर रेसिडेन्सी रिसोर्ट, युनिक वाइल्ड रिसोर्ट, वाइल्ड लाइफ एडभेञ्चर रिसोर्ट, इस्ल्याड जंगल रिसोर्ट लगायत रहेका छन् ।

सौराहामा नेपालीको आकर्षण

नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक मानिने पर्ने चितवनको सौराहा ‘वाइल्ड लाइफ’ पर्यटनमा विश्वभर परिचित भइसकेको छ । नेपाल भ्रमणमा आउने धेरैजसो पर्यटक सौराहाको वाइल्ड लाइफमा रमाउन पुग्ने गर्छन् । तर, पछिल्लो समय सौराहा, मेघौली र कसरा घुम्न जाने नेपालीहरुको संख्यामा वृद्धि हुँदै गएको छ ।

सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँ रहेका जनावर र चराहरुमा अडिएको छ । हात्तीमा जंगल सफारी नै यस क्षेत्रको मुख्य विशेषता हो । दैनिक सयौं स्वदेशी तथा विदेशी पर्यटकहरु सौरहाको वाइल्ड-लाइफमा रमाउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment