+
+
Shares

खपाङ्गीको टाउकाको शल्यक्रिया सफल

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १९ गते ८:०९

१९ भदौ, काठमाण्डौ । सिंगापुरमा उपचार गराइरहेका पूर्वमन्त्री गोरेवहादुर खपाङ्गीको टाउकाको शल्यक्रिया गरिएको छ । खपाङगीको बुधवार विहान भीपी सन्ट टीयुब राखि टाउकाको सफल शल्यक्रिया गरिएको हो । gore

जनाजाति फिल्म फेस्टिबल कार्यक्रममा सहभागी हुन जादै गर्दा मोटरसाइकलको ठक्करवाट गम्भीर घाइते भएका खपाङ्गीलाई नर्जिक अस्पतालले बाहिर लैजान सल्लाह दिएपछि उपचारका लागि सिंगापुरको माउन्ट इलिजावेथ अस्पताल लगिएको थियो । खपाङ्गीको माउन्ट इलिजावेथ अस्पतालका चिकित्सक डा इभानले स्वास्थ्योपचार गरिरहेका छन् ।

इभानले विरामी खपाङ्गीलाई एक दुई दिनभित्रमा नेपाल पठाउन सकिने जानकारी दिनु भएको खपाङ्गीका सहयोगी चन्द्र थापा मगरले जनाएका छन् । खपाङ्गीको उपचारमा अहिलेसम्म एक लाख ३० हजार अमेरिकी डलर खर्च भइसकेको थापाले वताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?