+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

दीपक र दीपा सुटुक्क चितवनतर्फ, भन्छन्, ‘दिनेश र नीतासँग सम्बन्ध राम्रो छ’

अनलाइनखबर अनलाइनखबर
२०७० पुष १५ गते १४:०५

चलचित्रको प्रमोशनका लागि भन्दै कलाकार दीपकराज गिरी र दीपाश्री निरौला चितवन तर्फ लागेका छन् । हिजो बेलुका काठमाण्डौमा आफ्नो प्रतिस्पर्धी सिनेमा हेरेका दीपक आज दीपाको साथमा चितवन तर्फ लागेका हुन् । उनीहरुले चितवनमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छ एकान छ’ को प्रमोशन गर्ने जानकारी दिएका छन् ।dipak-and-dipaचलचित्रको प्रमोशनमा निर्देशक दीनेश डीसी खासै देखिएका छैनन् । केही समय अघि काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा देखिएपछि दिनेश सिनेमाको प्रमोशनमा लागेको पाइदैन । यस बिषयमा अनलाइनखबरसँग कुरा गर्दै निर्मात्री समेत रहेकी दीपाश्री भनिन्’ ‘उहाँ सिनेमालाई अन्तिम रुप दिन नै व्यस्त हुनुभएको छ । सबैले एउटै काम गर्ने भन्ने कुरा पनि त आउँदैन । यसैले सिनेमा फाइनल नभएसम्म दिनेश जी खासै प्रमोशनमा देखिनु हुन्न ।’

‘सिनेमाको प्रमोशन मात्र गरेर हुँदैन, राम्रो पनि बन्नुपर्छ, यसैले दिनेश डीसी भित्री काममा नै व्यस्त हुनुहुन्छ’, निर्माता तथा कलाकार दीपकराज गिरीले भने । यता नायिका नीता ढुंगाना पनि सिनेमाको प्रमोशनमा नदेखिएको बिषयमा दीपाले भनिन्, ‘नीतासँग पनि सम्बन्ध निक्कै राम्रो छ । उनी पनि सिनेमाको प्रमोशनका लागि दौडिरहेकी छिन् ।’

दिनेश डीसी आफ्नो गुरु भएकाले झगडा पर्नै नसक्ने दीपकले बताए । संचारमाध्यममा आफू र दीपालाई बढि खोजिएकाले पनि प्रमोशनमा २ जना बढि कुद्नु परेको दीपकको तर्क छ । पौष २६ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाले दर्शकलाई हसाँउने विश्वास निर्माणपक्षको छ । अर्का कलाकार निर्मल शर्मासँग मिलेर दीपक र दीपाले बनाएको यो सिनेमामा केदार घिमिरे, सिताराम कट्टेल, दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, सन्दिप क्षेत्री, नीता ढुंगाना लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?