+
+
Shares

यस कारण २० मिनेट पहिले चन्द्रमामा झारिएको थियो आर्मस्ट्रङ्गलाई

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ४ गते १९:४८

apollo

सन् १९६९ जुलाई २० । चन्द्रमामा पहिलोपटक मानवले पाइला टेकेको दिन । चन्द्रमामा मानिसले पाइला टेकेको आइतबार ४५ वर्ष पुगेको छ, । अमेरिकी अन्तरीक्ष संस्था नासाको एपोलो ११ चन्द्र सतहमा अवतरण गरेसँगै अन्तरीक्षयात्री निल आर्मस्ट्रङ्ग अन्तरीक्षयानबाट ओर्लिएर चन्द्र सतहमा पाइला टेके । उनको पाइला नै चन्द्रमामा मानव जातिको पहिलो पाइला बन्यो ।

आर्मस्ट्रङ्गले पाइला टेकेको २० मिनेटपछि मात्र अर्का अन्तरीक्षयात्री बज एन्ड्रीनले चन्द्रमामा पाइला टेकेका थिए । सोही २० मिनेटका कारण आर्मस्ट्रङ्गको नाम इतिहासमा लेखियो, पहिलोपटक चन्द्रमामा पाइला टेक्ने व्यक्तिको रुपमा ।

आर्मस्ट्रङ्गले चन्द्रमामा पहिलो पाइला टेक्नु नासाको योजना मुताविक नै रहेको धेरैको अनुमान छ । किनकी उनी एपोलो ११ यानका कमाण्डर थिए, जबकी एन्ड्रीन जुनिएर कर्मचारी थिए र उक्त यानको अवतरण गर्ने भाग लुनार मोड्युलको पाइलट थिए । जबकी एपोलोमा रहेका तिन जना मध्ये मिचेल कोलिन्स भने चन्द्र सतहमै झरेनन् जो कमाण्ड मोड्युल पाइलट थिए ।

ठूलो पदको कर्मचारी तथा यानको कमाण्डर भएकै कारण निल आर्मस्ट्रङ्गलाई चन्द्रमाको सतहमा पहिलो पाइला टेक्न दिइएको आम अनुमान सही सावित भएको छ । बज एन्ड्रीनले चन्द्रमाको सतहमा पहिलो पाइला टेक्ने आफ्नो अधिकार भएको तर नपाएको खुलासा गरेका छन् ।

सामाजिक संजाल रेडिटमा ८४ वषर्ीय एन्ड्रीनले एपोलो ११ को चन्द्र अभियानमा कनिष्ठ कर्मचारीको हैसियतमा पहिलो पाइला टेक्ने अधिकार आफ्नो नै रहेको बताएका हुन् ।

‘त्यस अगाडिका हरेक अन्तरीक्ष अभियानमा यदि कुनैपनि अन्तरीक्षयात्री अन्तरीक्षमा हिड्नुपर्यो भने कनिष्ठ नै अगाडि बढ्नुपथ्र्यो । कमाण्डर सधै भित्रै बस्दथे ।’ एल्ड्रीनले भनेका छन्, ‘त्यसैले त्यो समयमा पनि मेरै काँधमा त्यो जिम्मेवारी थियो भने मैले अनुभव गरेको थिएँ किनकी ठूलो जिम्मेवारी तथा कामको लागि तालिम लगायतको भार लिने कमाण्डर भित्रै रहनुपथ्र्यो ।’

एल्ड्रीनका अनुसार नासाको कम्तिमा एक समूहले अन्तरीक्षमा कनिष्ट कर्मचारी पहिले यानबाट बाहिर निस्कनुपर्छ भन्ने आफ्नो विचारलाई समर्थन गरेको बताए । कनिष्ट कर्मचारी यानभित्रै सुरक्षित अवस्थामा रहँदा उसले यानलाई नियन्त्रणमा समेत राख्नसक्ने र आकस्मिक कार्य समेत तत्कालै गर्नसक्ने उनको भनाइ छ ।

‘तर धेरै मानिसहरुले विगतका अन्तरीक्ष अभियान तथा लक्ष्य प्राप्तिका घटनालाई कमाण्डरको महान प्रतिकका रुपमा बुझे ।’ एल्ड्रीन भन्छन् । सोही कारण आर्मस्ट्रङ्ग पहिले भर्याङ्ग चढे । एल्ड्रीनका अनुसार दुबैजना यानबाट बाहिर निस्किएको समयमा उनीहरुको भूमिका अस्पष्ट रह्यो यद्यपि आर्मस्ट्रङ्ग उक्त अभियानका निर्विवाद नेता थिए ।

सामाजिक संजालमा एल्ड्रीनले लेखेका छन्, ‘को पहिले बाहिर निस्कने भन्ने बारेमा गरिएको निर्णय सांकेतिक रुपमा एकदमै ठीक थियो । तर जब दुवैजना बाहिर निस्किएको अवस्थामा घटित घटनाको मुख्य कर्ता को थियो भन्ने कुरा फरक ढंगले हुनुपथ्र्यो । म कमाण्डर थिइन, म कनिष्ठ कर्मचारी थिएँ । त्यसैले जब आर्मस्ट्रङ्ग र म दुबैजना बाहिर थियौँ मैले मेरो नेता -आर्मस्ट्रङ्ग ) लाई पछ्याएँ किनकी नासाले हामीलाई चन्द्रसतहमा गर्ने कामका बारेमा कुनैपनि विस्तृत दायित्व दिएको थिएन । यसलाई सुधार्न सकिने विश्वास मलाई थियो । तर जे भयो त्यो निकै सफल भयो । र, निर्णय गर्नसक्ने हैसियतमा म र निल दुबै थिएन, नासाको माथिल्लो तहमा रहेका मान्छेहरु थिए ।’

नासाको वेबसाइट एपोलो एक्पिडिसन टू द मूनमा भने एल्ड्रीनले भनेको तथ्यभन्दा फरक कुरा छ । नासाका अनुसार अन्तरीक्षयानबाट सुरुमा एल्ड्रीन नै बाहिर निस्कने पूर्वानुमान गरिएको थियो र उनी नै चन्द्रमाको सतहमा पहिलो पाइला टेक्ने व्यक्ति हुने अनुमान थियो । तर त्यो यानमा केही बन्दोवस्तीको समस्या आयो र को पहिले बाहिर निस्कने भन्ने पूर्व योजना फेल खायो । एल्ड्रीन रहेको ठाउँको विपरित तर्फको ढोका खुल्न पुग्यो । नासाका अनुसार त्यसरी अर्को ढोका खुलेपछि एल्ड्रीन पहिले बाहिर निस्कन गाह्रो भयो । यदि उनी पहिले बाहिर निस्कने हो भने ठूलो तथा गह्रौँ पहिरनको तथा धेरै सामान बोकेको एल्ड्रीनलाई आर्मस्ट्रङ्ग जिउमाथि चढ्नुपर्ने भयो । यस्तो प्रयास पनि गरिएको तर त्यसो गर्दा यानमा क्षति पुग्न गएको दाबी नासाको छ ।

अन्तरीक्षयात्रीका प्रमुख डेक स्लेटनका अनुसार आर्मस्ट्रङ्गलाई पहिले बाहिर निस्कन दिनु आधारभूत शिष्टाचारको परिवर्तन थियो । ‘कमाण्डर नै पहिले बाहिर निस्कनुपर्छ भनेर मैले औल्याएको हुँ’ उनी भन्छन्, ‘जब एल्ड्रीन सुरुमा बाहिर आउने भन्ने कुरा मैले टाइमलाइनबाट थाहा पाएँ तब मैले यसलाई परिवर्तन गरेँ ।’ उनको त्यो निर्णयलाई नासाका निर्देशक बब गिलरथले सदर गरे र चन्द्रमाको सतहमा पहिलो पाइला आर्मस्ट्रङ्गले राख्न पाए ।

झण्डै दुइ वर्ष अगाडि निधन भएका निल आर्मस्ट्रङ्गले भने चन्द्रमामा पहिलो पाइला टेक्ने निर्णय दर्जाको आधारमा नभएकेा दाबी गरेका थिए । आफुलाई नाशाका उच्च अधिकारीहरुले कहिल्यैपनि चन्द्रमामा पहिलो पाइला टेक्न चाहन्छौ? भनेर नसोधेको दाबी उनको थियो ।

वास्तवमा आफुलाई नियोजित रुपमा चन्द्रमामा पहिलो पाइला टेक्न नदिइएको तुष एल्ड्रीनमा पहिले देखि नै रहेको बुझिन्छ । उनले आफुलाई नियोजित रुपमै रोकिएको जनाउ दिँदै कुनैबेला लेखेका थिए, ‘त्यो व्यक्ति निल आर्मस्ट्रङ्ग थिए र मात्रै मलाई चित्त बुझ्यो ।’

-बिजनेस इनसाइडरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?