News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पुराना राजनीतिक दलहरूले गरेका गलत क्रियाकलापलाई ललकारेकै कारण रविमाथि प्रतिशोध साधिएको बताएका छन्।
- वाग्लेले भने, “रास्वपा सभापतिले गरेको साहस आम युवाका लागि अनुकरणीय छ।”
- रास्वपाले प्रवासमा रहेका युवाहरूको पुँजी र दक्षतालाई स्वदेशमा उपयोग गर्ने योजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
४ पुस, गलकोट (बागलुङ) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पुराना राजनीतिक दलहरूले गरेका गलत क्रियाकलापलाई ललकारेकै कारण रविमाथि प्रतिशोध साधिएको बताएका छन् ।
शुक्रबार आयोजित कार्यक्रममा वाग्लेले पुराना पात्र र प्रवृतिका विरुद्ध बोलेका कारण पुराना दलहरूले रविमाथि प्रतिशोध साधेको प्रमाणित हुँदै गएको बताएका हुन् । उनले भने, “रास्वपा सभापतिले गरेको साहस आम युवाका लागि अनुकरणीय छ ।”
युवा शक्तिलाई उत्पादनमा जोड्नुपर्नेमा विदेशिन बाध्य पारिएको उनको भनाइ छ । रास्वपाले प्रवासमा रहेका युवाहरूसँग भएको पुँजी र दक्षतालाई स्वदेशमा उपयोग गर्ने गरी योजना अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । रासस
प्रतिक्रिया 4