+
+
Shares

सलमानलाई पछारे अजयले

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १ गते १२:४४

singham-returns_650_081614105842

बक्स अफिसका राज मानिने सलमान खानलाई यसै बर्ष अर्को एक सिनेमाले टक्कर मात्र दिएन, उछिनेको पनि छ । ‘जय हो’को आंशिक सफलताले निराश बनेका सलमानलाई ‘किक’ले ठूलो राहत दिएको छ । ‘किक’ले बक्स अफिसमा ‘धुम ३’ पछिको रेकर्ड राखेको छ ।

तर उनको सिनेमालाई शुक्रबारबाट प्रदर्शनमा आएको अजय देवगनको ‘सिंघम रिटन्स’ले भने दरिलो टक्कर दिएको छ । सलमानको ‘किक’ले ४४ सय पर्दाबाट करिब २६.४ करोडको व्यापार पहिलो दिनमा गरेको थियो । तर अजय देवगणको चलचित्र ‘सिंघम रिटन्स’ ले करिब ३६ सय हलबाट पहिलो दिनमा ३२.०९ करोडको व्यापार गर्दै नयाँ रेकर्ड बनाएको हो । सिनेमाले यो बर्ष प्रदर्शनमा आएका आजसम्मका सिनेमाको ओपनिङ कलेक्शनलाई उछिनेको हो ।

भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रदर्शनमा आएको करिना कपुर र अजय देवगण अभिनित सिनेमाको बम्पर ओपनिङले यसले २ सय करोडको आँकडा पार गर्ने देखिएको छ । चलचित्रलाई रोहित सेट्टीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?