Comments Add Comment

भनेजस्तो केटा पाएको भए कसैकी श्रीमती भइसकेकी हुन्थेँ- प्रियंका

priyanka
मुम्बई । अभिनेत्री प्रियंका चोपडाले बिबाहको विषयमा सोधिएको प्रश्नको जवाफ खुलेर दिन थालेकि छिन् ।
फिल्म ‘मेरीकोम’ ले आयोजना गरेको एक कार्यक्रममा संवाददाताले बिबाहको विषयमा प्रश्न गरे लगत्तै संवादातालाई सोधिन-‘यो प्रश्न तपाईहरु हिरोईनलाई मात्रै सोध्नु हुन्छ कि हिरोलाई पनि ?

बिबाह आफुलाई असाध्यै मनपर्ने परम्परा भएको बताउँदै प्रियंकाले चार वर्षको उमेरदेखी बिबाह गर्ने रहर जागेको बताईन । ‘जब म चार वर्षकी थिएँ, हरेक कार्यक्रममा सहभागी हुँदा म बेहुली जस्तै बनेर जान्थेँ मलाई आफु पनि बेहुली हुन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।’ उनले भनिन् ।

झुम्का, निधारमा रातो टिका र घुम्टो ओढेर हिंड्दा उनलाई निकै रमाइलो लाग्छ रे । ‘मलाइ लाग्छ हरेक उमेर पुगेका युवतीहरु यसैगरि जीवनमा बेहुली बन्न चाहन्छन् । तर, समस्या छ भने जस्तो श्रीमानको ।’- उनले कुरोको चुरो खोलिन् ।

भनेजस्तो श्रीमान पाउन पनि निकै कठिन छ भन्दै पि्रयंका भन्छिन ‘यदि मैले भने जस्तो श्रीमान् पाएको भए कसैकी श्रीमति भईसकेकी हुने थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment