+
+
Shares

शिक्षा कार्यालयले नयाँ शिक्षकबाट रकम असुृल्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १३ गते ११:५४

१३ भदौ, पाल्पा । जिल्ला शिक्षा कार्यालय पाल्पाले शिक्षा सेवा आयोगबाट नाम निकालेर आएका नयाँ शिक्षकसँग गैरकानुनी रुपमा पैसा असुली रहेको छ ।
शिक्षा सेवा आयोगबाट नाम निकालेका करिब तीन सय २८ जनाबाट कार्यालयले जिल्ला शिक्षा समितिको नाममा पैसा असुलेको हो ।
कार्यालयले माविका शिक्षकबाट रु दुई हजार, निमाविका शिक्षकबाट रु एक हजार पाँच सय र प्राविका शिक्षकबाट एक हजारसम्म पैसा असुलेको स्वयम् स्वीकारेको छ ।
माविका ४८, निमाविका ७३ र प्राविका २ सय शिक्षकबाट पैसा उठाएको कार्यालयले जनाएको छ ।
जिल्ला शिक्षा समितिका नाममा नयाँ नियुक्ति हुने शिक्षकबाट पैसा उठाउने गरी ०६७ चैत ३ गते निर्णय भएबमोजिम जिल्ला शिक्षा कार्यालयले पैसा लिएको विद्यालय निरीक्षक रेशम न्यौपानेले बताए ।
शिक्षा विभागले शिक्षा ऐन विपरीत पैसा उठाउन नपाउने निर्देशन गरे पनि पाल्पालगायतका जिल्लामा यसरी मनपरी रुपमा नयाँ शिक्षकबाट पैसा असुली हुँदै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?