नेपालीहरुको दोश्रो महान पर्व तिहार आउन अब केही दिन मात्र बाँकी छ । तर, नेपाली संगीत बजारलाई भने तिहारले छोइसकेको छ । यही क्रममा, संगीतकार सहन प्रधानले तिहारको एक गीत बजारमा ल्याएका छन् । विदेश गएका भाइको दिदीबहिनीबाट टाढा हुनुपर्दाको पीडालाई यो गीतले बोकेको छ ।
‘नआएनी हुन्थ्यो तिहार’ बोलको गीतमा प्रकाश तिम्सिना र सुम्निमा सिंहले स्वर दिएका छन् । भूपिनको शब्द रहेको गीतको म्यूजिक भिडियो पनि तयार भैसकेको छ । रिबेल इन्टरटेन्मेन्टले सार्वजनिक गरेको भिडियोको छायांकन काठमाण्डौ र चोभारमा गरिएको छ ।
भिडियोलाई विभोर पोख्रेलले निर्देशन गरेका हुन् । संगीतकार सहन प्रधान ‘नारायणीको पानी जस्तै हाम्रो चितवन’ गीतबाट चर्चामा छन् । उनले सार्वजनिक गरेको यो गीतले केही समयअघि खुबै चर्चा पाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4