Comments Add Comment

खुलामञ्चबाट प्रचण्डको घोषणा-जनविद्रोहको नेतृत्व गर्न तयार छु

Prachanda in khula Manch

३१ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले कांग्रेस-एमाले विगतको सम्झौताविरुद्ध गए अर्को शान्तिपूर्ण जनविद्रोहको नेतृत्व गर्न आफू तयार रहेको घोषणा गरेका छन् ।

२२ दलीय गठवन्धनले शुक्रबार खुलामञ्चमा गरेको प्रचण्डले आफूले फेरि युद्ध गर्ने नभनेको र बन्दुक उठाउन अपील पनि नगरेको बताए । उनले भने- ‘तर, यदि विगतका सन्धि सम्झौताविरुद्ध तथाकथित बहुमतको पछि लाग्ने हो भने अर्को एउटा शान्तिपूर्ण जनविद्रोहको नेतृत्व गर्न गर्न तयार छु ।’

हतियार बुझाउनुस्, सात दिनमा संविधान बनाउँछौं भनियो । तर, कांग्रेस र एमालेबाट मलार्इ विश्वासाघात भएको छ

जनयुद्ध सुरु गर्नुअघि मंसिर २२ मा खुलामञ्चबाट जनता विद्रोहमा जाँदैछन् भनेको स्मरण गराउँदै प्रचण्डले २२ दललाई खेलाँची नठान्न आग्रह गरे । उनले भने- ‘२२ दलले विद्रोह गरे १० वर्षे जनयुद्ध भन्दा ठूलो विद्रोह हुन्छ ।’

उनले खुलामञ्चको सभा आन्दोलन नभएर सरसल्लाह एवं कांग्रेस र एमालेलाई सुझाव दिने सभा मात्रै भएको बताए । उनले भने- ‘यो त सरसल्लाह सभामात्रै हो, उनले भने हामी सरसल्लाह गरिहरेका छौं ।’

पछिल्लो दिनमा कांग्रेस र एमाले नेताहरुले आफूलाई राजनीतिक संयन्त्रको नेता कि २२ दलको पहिला प्रष्ट पार्न आग्रह गरेको भन्दै प्रचण्डले आफू दुबैको नेता भएको बताए । दुबैको उद्देश्य सहमति गर्ने र संविधान बनाउने भएको भन्दै उनले तँ यता कि उता भनेर प्रश्न गर्नु नै इमान्दारिता नभएको बताए ।

उनले अघि भने- ‘कांग्रेस संयन्त्र रोज्छन् कि जनताको एजेण्डा रोज्छन् भन्नुहुन्छ भने मलाई संयन्त्र चाहिँदैन, म जनता रोज्छु ।’

हतियार बुझाउँदा विश्वासघात भयो

विगतमा कांग्रेस-एमालेले हतियार बुझाउनुस्, सात दिनमा संविधान बनाउँछौं भनेर कांग्रेस र एमालेले आफूलाई झुक्याएको भन्दै उनले भने-‘मलाई विश्वासघात भएको छ ।’

कैयौं वर्षदेखि सत्तामा बसेका जाली फटाहाहरुले बिगि्रयो भनेर प्रचार गर्छन् र उनीहरुले राज गर्छन् । यस्तो कुरा अबदेखि नपत्याउनोस्

एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस एमालेलाई पत्याउनु आफ्नो पनि कमेजारी भएको स्वीकार गरे ।

बाह्रबुँदेदेखि भएका विभिन्न सम्झौतामा पहिचान र संघीयतासहितको नयाँ नेपालको कल्पना गरिएको तर, त्यो ठाउँबाट कांग्रेस र एमालेले बाटो बिराएको उनले बताए । अब बाटो बिराएको ठाउँबाटै फेरि सुरुवात गर्नुपर्ने भन्दै प्रचण्डले भने-‘एक दिन, राति वा विहान सबै सम्झौता हेर्नुस् र प्रतिवद्धताप्रति इमान्दार हुनुस् ।’

प्रचण्डले कांग्रेस र एमालेलाई भने- ‘आज २२ दलले भन्दैछन् सुन्नुस् हाम्रो कुरा, जनताका कुरा । हिजो गरेका सम्झौता पल्टाएर हेर्नुस् र अघिल्लो संविधानसभामा जुन विन्दुमा थियौं, त्यही विन्दुमा जानुस् ।’

आपसमा खुट्टा नतानौं

एमाओवादी अध्यक्ष प्रचण्डले २२ दलीय मोर्चाभित्रै एकले अर्काको खुट्टा तान्ने रोग रहेको भन्दै यो रोगलाई हटाएर एकतावद्ध भई विद्रहशेमा जानुपर्ने बताए ।

22-Dal-protest-1

मोर्चाबाटै विभिन्न दलहरुले आफूलाई खुट्टा दह्रोसँग टेक्छस् कि टेक्दैननस् भनेर सोध्ने गरेको प्रशंग दोहोर्‍याउँदै प्रचण्डले सबैभन्दा बढी ठक्कर आफूले खाएको हुनाले राष्ट्रलाई जोड्ने नेताको रुपमा आफले भुमिका खेल्ने प्रतिवद्धता मञ्चबाटै व्यक्त गरे ।

‘हामी आफ्नै मान्छेको खुट्टा तानेर अघि जाने संस्कार बनाइदिएको छ, हामीले ठक्कर खायौं, मैले बढी खाएँ । अझै के के हुने हो । जान्नेलाई घरछेउमै पहिरो छभनेजस्तो छ,’ प्रचण्डले भने,’खुट्टा तान्ने रोगबाट हामी निको पारेर अघि बढौं ।’

‘जाली फटाहा’का कुरा नसुन्न आग्रह

सत्ताधारीहरुले आफ्नो र मधेसी दलका नेताहरुको रेडियो र पत्रिबाट बदनाम गर्ने गरेको भन्दै त्यस्तो कुरा नपत्याउन प्रचण्डले कार्यकर्तासँग आग्रह गरे ।

‘प्रचण्डले छाडिसक्यो भनेर रेडियोबाट भन्दियो, कागजमा लेखिदियो भने हामी त्यसैको पछि लाग्छौं, उनले भने- ‘कैयौं वर्षदेखि सत्तामा बसेका जाली फटाहाहरुले बिगि्रयो भनेर प्रचार गर्छन् र उनीहरुले राज गर्छन् । यस्तो कुरा अबदेखि नपत्याउनोस् ।’

‘झुक्याएर मस्यौदा समितिबाट समानुपातिक, समावेशी हटाइँदैछ । खुलेआम पनि, लुकेर पनि हटाइँदैछ,’ सभामा प्रचण्डले भने, ‘संघीयतामाथि प्रहार भइ नै राखेको छ, पाँच विकास क्षेत्र, पाँच विकास क्षेत्र भनिँदैछ । स्थिति गम्भीर छ ।’

प्रचण्डले आफूले सवै जाति, समुदाय, वर्ग र लिंगलाई जोड्ने बताए । ‘लिम्बुवानले लिम्वुवान लान्छ, तमुवानले तमुवान लान्छ, राष्ट्रलाई जोड्ने नेता तँ हुन्छस् भनेर साथीहरुले सोध्नुहुन्छ,’ प्रचण्डले भने, ‘पर्शुराम तामाङ र ऋषि कट्टेलजीहरुले पनि दह्रोसँग खुट्टा टेक्नुहुन्छ ? भन्नुभएको छ ।’

शनिबार २२ दलको बैठक बसेर नयाँ निर्णयका साथ अघि बढ्ने बताउँदै प्रचण्डले एक्लै केही गर्न नसकिने तर २२ दल मिल्यो भने ठूलो विद्रोह हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment