Comments Add Comment

अब पर्सबाटै चार्ज हुने छ तपाईंको मोबाइल

power-purseस्मार्टफोनको प्रयोगसँगै छिटो ब्याट्री सकिनु निकै ठूलो समस्या बन्दै गएको छ । बिहान चार्ज गरेको मोबाइलको ब्याट्री बेलुकीसम्म टिक्न धौ-धौ पर्छ ।
यही समस्यालाई सम्बोधन गर्न बिशेष पर्स आएको छ जसले तपाईको मोबाइल चार्ज गर्ने छ ।
मानिसहरु अक्सर फोन र चार्जर बिर्सन्छन तर, खल्तीमा पर्स भने छुट्दैन् । त्यसैकारण बेलायतको फायरबक्स कम्पनीले यस्तो एउटा पर्स आबिस्कार भएको छ जसमा ब्याट्री र फोन चार्जर पनि अट्याच हुन्छ ।
यो आर्कषक लेदर पर्सभित्र ब्याट्री राखिएको छ र फोन चार्जर पनि जोडिएको छ । यो पर्सले तत्कालका लागि आइफोन र आइप्याडका लागि काम गर्ने छ ।
छिटै महिलाका लागि पनि यस्तै पर्स बजारमा ल्याउन लागिएको फायरबक्सले जनाएको छ । यसको मूल्य जम्मा ७५ पाउन्ड (११ हजार ६ सय रुपैयाँ) रहेको छ ।

power-purse-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment