+
+
Shares

आलोकलाई श्रद्धाञ्जली दिदैं पर सरे आर्यन र केकी

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २३ गते १०:२०

punarjanmaफाल्गुण १५ गते प्रदर्शन मिति तोकेको चलचित्र ‘पुर्नजन्म’ यूनिटले एक साता पर सर्ने निर्णय गरेको छ ।

फाल्गुण १५ गते नै स्वर्गिय आलोक नेम्वाङको चलचित्र ‘अझै पनि’ लाग्ने भएकाले पर सरिएको निर्माता मोहनकृष्ण श्रेष्ठको तर्क छ ।

आलोकको अन्तिम चलचित्रलाई सम्मान गर्दै नजुधाउने निर्णय भएको निर्माताको भनाई छ ।

अब ‘पुर्नजन्म’ फाल्गुण २२ गते हलमा लाग्नेछ । सत्य घटनामा आधारित भनिएको यो चलचित्रलाई सजन श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्रमा आर्यन सिग्देल, केकी अधिकारी, गजित बिष्ट, सुस्मिता शाही, मिथिला शर्मा, विजय लामा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल, रुश्मा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

शिव ढकाल र नवराज कृष्ण थापाले खिचेको यो चलचित्रमा अष्ट महर्जनको द्वन्द्व छ । चलचित्रले नेपालको इतिहास बोल्ने निर्माणपक्षको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?