Comments Add Comment

विदेश जाँदा फोहर पनि झोलामा, यहाँ चाँही खोलामा ?

SAMSUNG CAMERA PICTURES२६ मंसिर, काठमाडौ । ‘विदेश जाँदा हामी फोहर पनि झोलामा राखेर फोहर ब्यवस्थापन गरिने ठाउँमा मात्रै फाल्छौ, तर  आफ्नो देशमा भने फोहर खोलामा लगेर किन फाल्छौं ?’ राजधानीमा फोहर ब्यवस्थापनबारे भएको एक कार्यक्रमका सहभागीहरुको जिज्ञासा हो यो ।

तोकिएको ठाउँमा फोहर ब्यवस्थापन गर्न नजान्दा आज हाम्रा सहर बजारहरुमा दुर्गन्ध फैलिदै गएको छ । त्यसैले फोहर ब्यवस्थापनका लागि आम नागरिक नै सचेत हुनुपर्नेमा सवैको निश्कर्ष थियो ।

बढ्दो फोहरमैलाको दिगो व्यवस्थापन र  वातावरण संरक्षणको लागि मुलुकमा देखिएका अवसर र चुनौतिलाई कसरी अगडि बढाउन सकिन्छ भन्ने विषयको कार्यशालामा सहभागी संविधानसभा अध्यक्ष सुभाष नेम्वाङ्ले सहर सफा राख्न नागरिकको ब्यवहारमै परिवर्तन आउनुपर्ने बताए ।

‘बाहिर जाँदा हामी चक्लेटका खोल पनि गोजिमा राख्छौ तर नेपालमा आएपछि खुलेआम जताततै प्लाष्टिकमा थैला नै सार्वजनिक स्थानमा फाल्न हिचकिचाउँदैनौं,’ नेम्वाङ्ले भने, ‘व्यवहारमा परिवर्तन नआएसम्म यो समस्या समाधान हुँदैन ।’

सहरी विकास मन्त्री डा. नारायण खड्काले फोहरमैला व्यवस्थापनको विषय कुनै ठूलो वैज्ञानिक पद्धति अपनाउनु नपर्ने बताए । हामीले उत्पादन गरेको फोहरलाई सही तरिकाले व्यवस्थापन मात्र गरेमात्रै समस्या समाधान हुने उनको भनाई थियो ।

१० बुँदे घोषणापत्र जारी

कार्यशालाले फोहर ब्यवस्थापनबारे १० बुँदे घोयषणापत्र जारी गरेको छ । सहरी विकास मन्त्रालय, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय तथा काठमाडौं महानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा जारी गरिएको घोषणापत्रमा प्लाष्टिकबाल्दानिस्कने हानिकारक धुँवाले वातावरण तथा स्वास्थ्यमागम्भीर प्रतिकूल असर गर्ने भएकोले प्लाष्टिक झोलाको प्रयोगलाई निरुत्साहित गर्ने र प्लाष्टिक झोलामुक्त नगर घोषणा गर्ने लगायतका प्रतिवद्धता जनाइएको छ ।

घोषणापत्रमा सहरी विकास मन्त्री डा.नारायण खड्का, संविधानसभा अभिलेख अध्ययन तथा निक्र्योल समितिको सभापति तथा व्यवस्थापिका संसदको वातावरण संरक्षण समितिका सदस्यसमेत रहेका विष्णु पौडेल, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रकी कार्यकारी निर्देशक डा. सुमित्रा अमात्य, सहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्की लगायतले हस्ताक्षर गरेका छन् ।

यस्तो छ घोषणापत्र  
१) स्वास्थ्य सेवा र औद्योगिक प्रतिष्ठानहरुले फोहरमैलास्रोतमै गल्ने -कुहिने), नगल्ने -नकुहिने), रासायनिक र हानीकारक फोहरहरु स्रोतमै छुट्याई सम्बन्धित स्थानीय निकायले तोकेअनुसार सम्बन्धित संस्थाले आफै व्यवस्थापन गर्ने गराउने छौं ।

२) वर्गिकरण भएअनुसार फोहर संकलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्नेगरी सबै स्थानीय निकायलाई परिचालन गर्ने गराउने छौं ।

३)  फोहर मैला व्यवस्थापन ऐन, २०६८ ले व्यवस्था गरे बमोजिम हामी सबैले श्रोतमै फोहर छुट्याउने छौं र छुट्याउन लगाउने छौं ।

४) फोहर व्यवस्थापनमा घरपरिवार, समुदाय तथा निजीक्षेत्रको सहभागिता र साझेदारीलाई प्रोत्साहित गर्ने, गराउने छौं ।

५)  फोहर मैला व्यवस्थापन सम्बन्धी जनचेतना तथा क्षमता अभिवृद्धिको अभियान देशैभर संचालन गरिनेछ ।

६) वातावरणमैत्री स्थानीय शासन प्रारुप, २०७० बमोजिमको सूचकहरु हासिल गर्न देशभरका लागि कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउनेछौं ।

७) समुदाय, संघसंस्था, विश्वविद्यालय, विद्यालय तथा विद्यार्थीहरुलाई जनचेतना जगाउने महत्वपूर्ण माध्यमको रुपमा परिचालित गर्ने/गराउने छौं ।

८)  फोहर व्यवस्थापन र प्राङ्गारिक मललाई आवद्ध गरी प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने, गराउने छौं ।

९) प्लाष्टिक बाल्दा निस्कने हानिकारक धुवाले वातावरण तथा स्वास्थ्यमा गम्भीर प्रतिकूल असर गर्ने भएकोले प्लाष्टिक झोलाको प्रयोगलाई निरुत्साहितको साथै प्लाष्टिक बाल्ने कार्यलाई निरुत्साहित र नियन्त्रण गर्ने छ । साथै विकल्पहरुको खोजी गरी क्रमशः प्लाष्टिक झोलामुक्त नगर घोषणा गर्ने, गराउनेछौं तथा प्लाष्टिकलाई जलाउने छैनौ ।

१०)    फोहरबाट उर्जा उत्पादन गर्ने कार्यलाई प्रोत्साहित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment