बलिउडका चल्तीका कलाकारका लागि आम्दानीका श्रोत धेरै छन् । कोही चलचित्र खेलेर पैसा कमाउँछन् त कोही विज्ञापनबाट नै । बलिउड नायिका प्रियंका चोपडा पनि चलचित्र र विज्ञापनबाट राम्रो आम्दानी गर्छिन् । उनै, नायिकाले एक बिहेमा नाचेको ९ करोड रुपैयाँको अफर नकारेकी छिन् ।
चन्डीगढका एक करोडपतिको बिहेमा नाचे वापत उनलाई ९ करोडको अफर गरिएको थियो । तर, उनले आफू चलचित्रको काममा व्यस्त भएको भन्दै अफरलाई नकारिन् ।
प्रियंका यतिबेला आफ्नै होम प्रोडक्शनमा नयाँ चलचित्रको निर्माणको तयारीमा छिन् । मधुर भण्डारकरले निर्देशन गर्न लागेको चलचित्रलाई समेत उनले समय दिन भ्याएकी छैनन् । यसैले, उनले बिहेका नाचेको ९ करोडको अफरलाई छोडेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4