Comments Add Comment

गुमनाम उषा पौडेल अमेरिकामा झुल्किइन

usha 1
कुनै बेलाकी चल्तीकी नायिका उषा पौडेललाई दर्शकले नेपाली फिल्ममा देख्न नपाएको धेरै बर्ष भइसक्यो ।

बलिउडमा भाग्य चम्काउन मुम्बईतिर लागेकी उषाले अहिलेसम्म ठूलो पर्दामा अनुहार देखाउने अबसर नपाए पनि केही टेलिसिरियलमा राम्रै रोल पाएकी छिन् ।

मुम्बई गएपछि नेपालमा समेत सार्वजनिक कार्यक्रममा सहभागी नभएकी उषा केही दिन पहिले अमेरिकामा देखिइन् ।

Nita Dhungana-3
नयाँ बर्ष सन् २०१५ का अबसरमा नेपाली संघसंस्थाले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा भाग लिन पुगेकी उषा आइतबार साँझ सानफ्रान्सिस्कोका नेपालीमाझ नाच्दै थिइन् । उषाले नायक निरज बरालसँगै कार्यक्रम संचालनसमेत गरेकी थिइन् ।

अब अमेरिकाबाट र्फकने या नर्फकने भन्ने बिषयमा उनले केही भनेकी छैनन् । उषा अमेरिका गएको ३ महिना भन्दा बढी भैसकेकाले र उनले अमेरिकातिरै सेटल हुने इच्छा देखाएको स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधिहरुले बताएका छन् ।

usha 2
तस्वीरः प्रदीप थापामागर, युएस नेपाल अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment