Comments Add Comment

बाबुराम ज्यू, अब बन्दैन ‘मुस्ताङ म्याक्स’

ध्रुव भट्टराई

२७ पुस, बिराटनगर । स्वदेशमा नै पहिलोपल्ट गाडी उत्पादन गर्दै आएको हुलास मोटर्स कम्पनीले सरकारबाट असहयोग भएको भन्दै आफ्नो उत्पादन बन्द गरेको छ । बिराटनगर-१७ मा रहेको मोटर्स कम्पनीले आइतबारबाट औपचारिक रुपमै आफ्नो उत्पादन बन्द गरेको घोषणा गरेको हो ।

Pressmeet-of-Hulas-Moters

  • पत्रकार सम्मेलनमा हुलास मोटर्स कम्पनीका सुरेन्द्र गोल्छा (वीचमा) ।

नेपालमै पहिलोपल्ट मोटर उत्पादन गर्दै आएको कम्पनीले हुलास मुस्ताङ गाडी उत्पादन गर्दै आएको थियो । स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न डा. बाबुराम भट्टराईले आफू प्रधानमन्त्री हुँदा हुलासको ‘मुस्ताङ म्याक्स’ गाडी प्रयोग गरेका थिए ।

हुलास मोटर्स प्रालिका प्रवन्ध सञ्चालक सुरेन्द्र गोल्छाले बिराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी हुलास मु्स्ताङ्ग भिटु र हुलास म्याक्स गाडी उत्पादन बन्द गरेको घोषणा गरेका छन् ।

Hulas-mustang
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रयोग गरेको मुस्ताङ म्याक्स

सरकारलाई दोष

सरकारको नीतिका कारण मोटरको उत्पादन बन्द गर्न बाध्य भएको गोल्छाले गुनासो गरे । ० ५४ सालदेखि मोटर उत्पादन गर्दै आएको हुलासले शेर्पा मुस्ताङ भिटो हुँदै मुस्ताङ म्याक्ससम्मको मोडेल उत्पादन गर्दै आएको थियो ।

स्थानीय स्रोत साधन र जनशक्तिबाट बिदेशी गाडीहरूसित प्रतिस्पर्धा गरिरहनुपरेका बेला वर्तमान सरकारले लागु गरेको युरो थ्री मापदण्ड पूरा गर्न लाग्ने समय नदिएकै कारण उत्पादन बन्द गर्ने निर्णयमा पुगेको पत्रकार सम्मेलनमा गोल्छाले बताए ।

आफूहरूले एक वर्ष समय थप मागेको भए पनि सरकारले नदिएपछि उत्पादन बन्द गर्नुको बिकल्प नभएकाले औपचारिक रुपमै बन्द गर्ने पुगेको उनको भनाइ थियो ।

‘सरकारले ०६९ सालमा युरो थ्रीको मापदण्डमा सबै गाडी लैजान दुई वर्षको समय हुलासलाई दिएको थियो,’ गोल्छाले भने, ‘तर, थप एक वर्षको समय माग गरेका थियौं, त्यो समय सरकारबाट प्राप्त नभएपछि मुलुककै गौरवका रुपमा स्थापित भएको उतपादन बन्दको स्थितिमा पुगेको छ ।

सरकारले मोटर्स कम्पनीलाई युरो थ्री मापदण्डमा लान ०७१ साल असारसम्मको समयसीमा दिएको थियो ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हुलास मोटर्सले स्वदेशमै उत्पादित गाडी चढेपछि यसको लोकपि्रयता बढेको थियो । डा.भट्टराईले वा १ झ ९३६० नम्वरको हुलास मुस्ताङ चढेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment