+
+
Shares

पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ४ गते १८:४३

Petrol-Pump४ माघ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि घटाएको छ ।

आइतबार बिहान १० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

घिमिरेका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको छ । नयाँ दरअनुसार उपभोक्ताले पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ ५० पैसामा किन्न सक्ने छन् ।

त्यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ८८ पैसा कायम भएको प्रवक्ता घिमिरेले जानकारी दिए । गत असोज १३ गतेदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटिरहेको छ ।

स्वचालित मूल्य प्रणाली लागु गरेपश्चात निगमको घाटा पनि कम हुँदै गएको छ । असोज १३ गते एक लिटर पेट्रोल किन्न उपभोक्ताले १ सय ३४ रुपैयाँ ५० पैसा तिर्नुपथ्र्यो ।

निगमले हरेक अंग्रेजी महिनाको १ र १६ तारेखमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य तोक्दै आएको घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?