+
+

बैंक सञ्चालक र सीइओ अब दुई कार्यकाल मात्रै !

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ७ गते १२:५६

NRB-Photo७ फागुन काठमाडौं । बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरु अब दुई कार्यकालभन्दा बढी पदमा बस्न नपाउने भएका छन् ।

लामो समयको छलफलपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले निर्देशन नै जारी गरी दुई कार्यकालभन्दा बढी पदमा बस्न नपाउने व्यवस्था गरेको हाे ।

यो पनि पढ्नुहोस्- बैंकको सञ्चालक बन्न अब दुई दर्जन योग्यता

नयाँ निर्देशनसँगै बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरु लगातार उक्त पदमा दुई कार्यकालभन्दा बढी निर्वाचित वा मनोनित हुन नपाउने भएका छन् ।

संस्थाहरुमा दुई कार्यकालभन्दा बढी पदमा बस्न नपाउने भन्ने नियमावली नभएको भए आगामी साधारणसभामार्फत सो सम्बन्धी प्रस्ताव पारित गराउन राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई भनेकाे छ ।

एकै व्यक्ति लामो समय सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतका रुपमा बस्दा संस्थाहरुमा संस्थागत सुशासनको अवस्था कमजोर भएको भन्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

यो पनि पढ्नुहोस- सञ्चालक र सीइओको कार्यकाल गणनामा राष्ट्र बैंकभित्रै व्यापक मतभेद

सामान्यतया बैंकका सञ्चालक तथा व्यवस्थापकहरुको एक कार्यकाल चार वर्षको हुने गर्छ । राष्ट्र बैंकको निर्देशनअनुसार कुनै एक संस्थामा कुनै एक व्यक्ति आठ वर्षभन्दा बढी सञ्चालक वा सीइओ बन्न नपाउने भएका छन् ।

उच्च व्यवस्थापकलाई ऋण लिन रोक

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा व्यवस्थापनको उच्च तहमा रहेका कर्मचारीहरुलाई सम्बन्धित संस्थाले ऋण दिन नपाउने व्यवस्था गरेको छ ।

व्यवस्थापकहरुको ५० प्रतिशत स्वामित्व रहेको कुनैपनि फर्म, कम्पनी वा संस्थामा बैंकले ऋण दिन नहुने व्यवस्था गरेको हो ।

सीइओको सेयरमा सीमा

राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको सेयर स्वामित्वको सीमासमेत तोकेको छ । जसअनुसार वाणिज्य बैंकका सीइओहरुले आफ्नो बैंकको चुक्ता पुँजीको १ प्रतिशतभन्दा बढी सेयर राख्न नपाउने भएका छन् ।

त्यसैगरी, विकास बैंकका सीइओले २ प्रतिशत र फाइनान्स कम्पनीका सीइओहरुले कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने भएका छन् ।

यो पनि पढ्नुहोस –बाफिया मस्यौदा: बैंक सञ्चालक र कार्यकारी प्रमुखमाथि थप कडाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?