+

रोनाल्डो बने रियलका तेस्रो सर्वाधिक गोलकर्ता

२०७१ फागुन  ११ गते ८:३८ २०७१ फागुन ११ गते ८:३८
रोनाल्डो बने रियलका तेस्रो सर्वाधिक गोलकर्ता

Ronaldo

११ फागुन, काठमाडौं । क्रिष्टियानो रोनाल्डो रियल मड्रिडका तेस्रो सर्वाधिक गोलकर्ता बनेका छन् ।

आइतबार राति इल्चेलाई २–० गोल अन्तरले पराजित गर्ने क्रममा रोनाल्डोले एक गोल गरेका हुन् । यससँगै रियलका लागि उनको गोल २९० भएको छ ।

उनले स्पेनका स्ट्राइकर कार्लोस सान्टिलानालाई पछि पारे । १९७१ मा डेब्यू गरेका उनले ६४५ खेलमा २८९ गोल गरेका छन् । रोनाल्डोले भने मात्र २८१ खेलमा २९० गोल गरेका छन् ।

रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता राहुल भन्दा अब ३३ गोलले पछि छन् ।

इल्चेविरुद्धको जितसँगै रियल मड्रिडले बार्सिलोनासँगको अंक दुरी चार बनाएको छ । बार्सिलोनाले शनिबार राति मालागासँग अप्रत्यासित हार ब्यहोरेको थियो ।

रियल मड्रिडको २४ खेलबाट ६० अंक भएको छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५६ अंक छ ।

०००

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय