+
+
Shares

एप्पलले ल्यायो विश्वकै पातलो ल्यापटप

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २७ गते ९:१०

apple smell laptop  (2)

अमेरिकी कम्पनी एप्पलले विश्वकै अहिलेसम्मकै सबैभन्दा पातलो ल्यापटप सार्वजनिक गरेको छ । १२ इन्चको स्त्रिmन तथा पूर्ण आकारको किबोर्ड भएको ‘म्याकबुक’ को मोटाइ जम्मा १३.१ मिलिमिटर रहेको छ । यो एप्पलको ११ इन्चको म्याकबुक एयर भन्दा २४ प्रतिशत पातलो हो । म्याकबुकको तौल जम्मा २ पाउण्ड रहेको छ ।

यो ल्यापटपमा युएसबी सी भनिने नयाँ खाले पोर्ट रहेको छ । जसमा चार्ज गर्ने पावर कनेक्टरका साथै टेलिभिजन लगायतका अन्य डिभाइससँग समेत जोड्न सकिन्छ ।

एप्पलले सार्वजनिक गरेको यो अत्याधुनिक पातलो ल्यापटपले ‘आइप्याड मेगा’का लागि मार्गप्रसस्त गरेको विज्ञहरुले बताएका छन् । एप्पलले यो वर्षको अन्त्यसम्ममा आइप्याड मेगा ल्याउने अनुमान गरिएको छ ।

एप्पलको नयाँ ल्यापटपले आइप्याड, आइफोन र विद्यमान म्याकबुक रेन्जका ल्यापटपबीचको सिमालाई मेटाउने काम गरेको विज्ञहरुको टिप्पणी रहेको छ ।
यो पातलो म्याकबुकमा २३०४ गुणा १४४० रिजोलुसन सहितको १२ इन्चको अल्ट्राथिन रेटिना डिस्प्ले -१६ः१० एस्पेक्ट रेसियो) रहेको छ । एप्पलले यो ल्यापटपमार्फत किबोर्डको पुनर्संरचना गरेको छ र यो पुनर्संरचना ४ गुणा बढि सही रहेको उसको दाबी छ । ल्यापटपको किबोर्ड मुनि हरेक की मा एलइडी रहेको छ । जसका कारण पूरै किबोर्डमा समान प्रकाश हुनेछ र अँध्यारोमा समेत किबोर्डमा काम गर्न सकिनेछ ।

apple smell laptop  (3)
यो ल्यापटपमा हरेको अर्को फिचर फोर्स टच ट्रयाकप्याड हो जसको माध्यमबाट प्रयोगकर्ताले किबोर्डमा केही दबाएरै आफुले हेरिरहेको भिडियो फास्ट फरवार्ड गर्न सकिन्छ ।

यो ल्यापटपको अर्को विशेषता भनेको यो पंखावीहिन छ । जसका कारण ल्यापटपको आकार पातलो बनाउन सहयोग पुगेको छ । यसमा एप्पल घडीमा जस्तै ट्याप्टिक इन्जिन रहेको छ जसले यसअघिका ल्यापटपले भन्दा ३० प्रतिशत कम उर्जा खपत गर्छ । एकपटक पूरा चार्ज गरेको ब्याट्री पूरै २४ घण्टासम्म खप्ने दाबी गरिएको छ ।

एप्पलले आइफोन तथा आइप्याडका उत्कृष्ट फिचर्सहरुलाई समावेश गरेर नयाँ ल्यापटप सार्वजनिक गर्दै ल्यापटपको दुनियामा नविन युगको सुरुवात गरेको कतिपय विश्लेषकको भनाइ रहेको डेलीमेलले उल्लेख गरेको छ । ल्यापटपमा टचस्त्रिmन नभित्राउने र टचप्याड प्रविधि समावेश गरेर एप्पलले ल्यापटपको मौलिकतालाई समेत बँचाएको टिप्पणी विश्लेषकहरुको छ ।

एप्पलको म्याकबुक ल्यापटप चाँदी, खैरो तथा सुनौलो गरी ३ रङमा उपलब्ध छ । आगामी अपि्रल १० देखि बजारमा आउने ८ जिबी मेमोरी सहितको म्याकको मूल्य १२ सय ९९ डलर तोकिएको छ ।

एप्पललका वरिष्ठ उपाध्यक्ष फिलिप सिलरले नयाँ म्याकबुकसँगै एप्पलले नोटवुकको पुनर्अाविष्कार गरेको बताए । म्याक बुकका हरेक पाटपुर्जाले नविन आविष्कारको झल्को दिने उनको दाबी छ ।

apple smell laptop  (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?