Comments Add Comment

सलमानलाई जेल जानु नपर्ने, आत्मसर्मपणपछि जमानत

salman-khan
सन् २००२ देखि चल्दै आएको ‘हिट एण्ड रन केस’को मुद्दाबाट बलिउडका चर्चित नायक सलमान खानले राहत पाउने भएका छन् । वुधबार मुम्बइको सेसन कोर्टले सलमानलाई ५ बर्षको जेल सजायँ सुनाएको थियो । तर, तत्काल सलमानका वकिलले उच्च न्यायलयमा यो फैसला रोक्न र जमानत दिनका लागि अपिल गरेका थिए । जसका कारण सलमानलाई वुधबार जेल जानु परेको थिएन ।

त्यसको ठिक २ दिनपछि आज सलमान खानको जिवनमा नयाँ मोड आएको छ । बिहान करिब सवा ११ बजेबाट उच्च न्यायलयमा सुरु भएको बहसमा सलमानको पक्षमा फैसला आएको छ । सलमान खानलाई सेसन कोर्टले ५ बर्षका लागि सुनाएको सजायँ तत्काल कार्यन्वयन नगर्न उच्च न्यायलयले फैसला सुनाएको छ । यो फैसलासँगै सलमानको जिवनमा पनि  ठूलो राहत मिलेको छ ।

सलमान खान आज नै मुम्बइको सेसन कोर्ट पुगेर आत्मसर्मपण गर्नेछन् । यसपछि उनलाई जमानत दिइनेछ । उच्च न्यायलको बहसमा सलमान खान उपस्थित थिएनन् । तर, अब उनी आत्मसर्मपण गर्न र जमानका लागि सेसन कोर्ट जानेछन् ।

सलमान खानको पक्षमा फैसला आएपछि उनका फ्यानहरु पनि खुशी देखिएका छन् । तर, मुद्दामा बहस चलिरहँदा उनका एक फ्यानले अदालतको बाहिर बिष सेवन गरेका थिए । उनलाई अस्पताल लगिएको छ ।

सन् २००२ मा सलमानले नशामा गाडी चलाउँदा सडक पेटीमा सुतिरहेका ४ जना मध्ये १ जनाको निधन र ३ जना घाइते भएका थिए । यसपछि सलमानले ‘हिट एण्ड रन केस’को मुद्दा खेपिरहेका थिए । सलमानको यो मुद्दाको सुनुवाई जुन १५ लाई तोकिएको छ । यसपछिको बहस पनि जुलाइबाट सुरु हुनेछ । ३० हजार जरिवाना तिरेर मात्र सलमानले जमानत पाउनेछन् । पासपोर्ट बान्द्रा प्रहरीसाग
सलमान खानको मुद्दाको अब बहस उच्च न्यायलमा हुनेछ । उनलाई उच्च न्यायलयले विदेश जानुअघि अदालतसँग स्विकृती लिनुपर्ने आदेश पनि दिएको छ । सलमान खानलाई तत्काल राहत मिलेको छ । सलमानको पासपोर्ट बान्द्रा प्रहरीले पहिले नै जफत गरेको थियो । सलमानको मुद्दाको सुनुवाई १५ जुनदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment