Comments Add Comment

टीकापुर घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन

८ भदौ, काठमाडौं । सरकारले कैलालीको टीकापुरमा भएको घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

Baluwatarमंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख देविराम शर्माको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा एआईजी जीवन थापा र प्रताप थापा, राष्ट्रिय अनुसन्धान विभागका गणेश अधिकार र गहृ मन्त्रालयका सहसचिव विनोद केसी छन् ।

मन्त्रिपरिषद् बैठकले घटनामा ज्यान गुमाएका सुरक्षाकर्मीको उच्च मूल्यांकन गर्दै मरणोप्रान्त एक तह बढुवा गरी सम्मान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मिनेन्द्र रिजालले बताए ।

थारू समुदायको आन्दोलनका क्रममा सोमबार टीकापुरमा भएको हिंसात्मक झडपमा एसएसपीसहित ७ सुरक्षाकर्मी र एक दुई वर्षे बालकको मृत्यु भएको थियो ।

बैठकले कैलाली टीकापुर घटना अमानवीय भएको भन्दै कानून विपरित जानेलाई कानुनी दायरमा ल्याउने निर्णय गरेको छ ।

साथै संयमता अपनाउन सबैलाई अपील गरेको छ । सञ्चार गृहलाई पनि संयमता अपनाउन भनिएको छ ।

यो पनि पढ्नुस्

थारु आन्दोलनकारीले टीकापुर हत्याको जिम्मेवारी नलिने

टीकापुरमा मारिएका एसएसपी न्यौपानेको अन्तिम बिदाइ

वरिपरी थारु सभासद राखेर देउवाले भने- म कसरी थारु विरोधी भएँ ?

थारुहरुसँग साइनो नभएका मानिसहरु गएर भड्काए : भीम रावल

गृहमन्त्रीले ‘दक्षिणतिरबाट मान्छे आए’ भनेकोमा भारतको आपत्ति

माओवादी पूर्वलडाकु भन्छन्-घुसपैठ होइन, ऐक्यवद्धता हो

टीकापुर घटनाबारे के भन्छन् कैलालीका थारु सभासद ?

थारू आन्दोलनको राजनीतिक निकास खोज्ने चार दलको सहमति

कहाँ लुकेका थिए टीकापुरका सरकारी गुप्तचर ?

टीकापुर घटनाको छानविन गर्न मानवअधिकार आयोगको आग्रह

कैलालीका सिडियो फिर्ता बोलाइए

 भाग्यले बाँचेका सशस्त्रका एसपी भन्छन्- आन्दोलनकारी छापामार शैलीमा आएका थिए

थारु सभासदले प्रधानमन्त्रीलाई सोधे- कर्फ्यू थारुका लागि मात्र हो कि सबैलाई ?

टीकापुर घटनामा संलग्न भएको आशंकामा चारजना पक्राऊ

सुदूरपश्चिमका सशस्त्र र नेपाल प्रहरीका डीआईजी हेडक्वाटर तानिए

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment