+
+

जस्टिनलाई सधै प्रेम गर्छु : सेलेना गोमेज

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १५:३३

हलिउड सुन्दरी तथा गायिका सेलेना गोमेजले आफूले सधै नै आफ्ना पूर्व ब्वाइफ्रेन्ड जस्टिन विवरलाई प्रेम गर्ने बताएकी छिन् । उनले जस्टिनका लागि आफ्नो दिलमा सधै नै विशेष स्थान भएको पनि बताइन् ।

justin and selena
४ बर्षसम्म डेटमा रमाएको यो जोडी गतबर्षको अक्टोबर २१ तारिखमा अलग भएको थियो । सेलेनाले अझै पनि आफू र जस्टिन एक मिल्ने साथी भएको बताएकी छिन् । उनले भनिन्–‘म सधै नै उनलाई समर्थन गर्नेछु । म उनलाई आफ्नो तर्फबाट प्रेम गरिरहनेछु । म उनको सम्मान गर्छु र मलाई लाग्छ उनी पनि मेरो सम्मान गर्छन् ।’

जस्टिन र सेलनाको प्रेमको चर्चा कुनै समय विश्वभरी नै थियो । तर, जब यो जोडी अलग भयो यसपछि पनि विभिन्न खालका गसिप बजारमा आइरहे । हालैमात्र जस्टिनले आफ्नो म्यूजिक भिडियोमा पूर्व प्रेमिका सेलेनालाई लिएर काम गरेको खबर बाहिर आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?