+
+

काठमाडौँमा फोहरको डुङ्गुर

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ७ गते १५:५२

७ कात्तिक, काठमाडौँ । यहाँका विभिन्न स्थानमा केही दिनदेखि फोहर व्यवस्थापन हुन नसक्दा अहिले फोहरको डुङ्गुर थुप्रिएको छ ।

kathmandu fohor (26)मुख्य सडक तथा भित्री सडकमा फोहरका कारण सडकको सौन्दर्यमा ह्रास आउनाका साथै वातवरण प्रदूषित भएको छ । काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनमा कार्यरत आफ्ना कर्मचारीलाई दसैँ बिदा दिएपछि काठमाडौँका फोहर उठ्न सकेको छैन ।

कालीमाटी, भीमसेनस्थान, नयाँसडक, बागबजार, बसपार्क क्षेत्र, पुतलीसडकलगायत स्थानमा लामो समयदेखि फोहर नउठेपछि त्यस आसपासमा दुर्गन्ध बढेको छ । ती क्षेत्रमा व्यापार गर्ने तथा पैदल हिँड्ने बटुवालाई समेत समस्या भएको छ ।

महानगरपालिकाले कतिपय स्थानमा आफैं त कति स्थानमा विभिन्न निजी क्षेत्रका संस्थालाई फोहर व्यवस्थापनका लागि अनुमति दिएको छ । अहिले भइरहेको इन्धन अभावले समेत फोहर व्यवस्थापनमा केही समस्या आएको छ ।

महानगरपालिका, वातावरण व्यवस्था महाशाखाका प्रमुख अर्जुन सापकोटाले निजी क्षेत्रले जिम्मा लिएको फोहर समयमा उठाउन नसक्दा केही समस्या उत्पन्न भएको जानकारी दिँदै दसैँको समयमा कर्मचारीले बिदा लिएपछि उठ्न नसकेको फोहर अब चाँडो व्यवस्थापन गरिने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?