+
+

सडक दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ८ गते १०:४२

८ कात्तिक, काठमाडौं । काठमाडौंको माछापोखरीमा भएको सवारी दुर्घटनामा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा परी ट्राफिक प्रहरी तिलक बाँस्तोलाको मृत्यु भएको छ ।

त्यस क्षेत्रमा मादक पदार्थ सेवन (मापसे) जाँच गर्ने क्रममा नियम उल्लङ्घन गरेका मोटरसाइकललाई नियन्त्रणमा लिई ट्राफिक प्रहरी कार्यालय बालाजुमा जाने क्रममा राति ११ बजे बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भई २८ वर्षीय बाँस्तोलाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ओखलढुङ्गास्थित कुइभिरमा स्थायी बसोबास भएका बाँस्तोला नौ वर्षदेखि प्रहरी सेवामा कार्यरत थिए । उनको शव परीक्षणपछि आजै अन्त्येष्टि गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?