+
+

राष्ट्र बैंकले मंसिर २ गते ५ अर्बको तरलता प्रशोचन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते १०:१३

३० कात्तिक, काठमाडौं । बैंकिङ प्रणालीमा भएको अत्यधिक लगानी योग्य पुँजी (अधिक तरलता) न्यूनिकरण गर्न नेपाल राष्ट्र बैंकले मौद्रिक औजारको प्रयोगलाई प्राथमिकता दिएको छ ।

NRB-Photoयो आर्थिक वर्षमा मात्रै झन्डै अढाई खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको केन्द्रिय बैंकले यही मंसिर २ गते फेरि ५ अर्ब रुपैयाँ बराबरको तरलता बजारबाट उठाउने भएको छ । रिभर्स रिपोमार्फत ७ दिनका लागि तरलता प्रशोचन गर्न लागिएको हो । सहभागि बैंक तथा वित्तीय संस्थाहरुले गरेको गोप्य बोलकबोलका आधारमा यसको व्याजदर निर्धारण हुन्छ ।

बैंकहरुसँग पर्याप्त तरलता हुँदा जथाभावी लगानी हुनसक्ने र निक्षेपकर्ताहरुले अत्यन्तै कम व्याज पाउने संभावना हुन्छ । जसले अर्थतन्त्रमा गंभीर समस्या उत्पन्न गर्छ । त्यसैले बजारमा पैसा बढी हुने बित्तीकै केन्द्रिय बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत पैसा उठाएर बजारलाई व्यवस्थित गर्ने नीति लिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?