+
+

संविधान संशोधन विधेयक माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २७ गते १७:३७

Samsad

२७ मंसिर, काठमाडौं । पुनर्निर्माणसँगै संविधान संशोधन विधेयक पेश गर्न माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेको छ ।

झण्डै साढे २ घन्टा ढिला गरी सुरु भएको संसदको बैठकको सुरुमा नै कांग्रेस प्रमुख सचेतक चिनाकाजी श्रेष्ठले बोले ।

उनले यसअघिको बैठकमा कार्यसूचीमा आइसकेको संविधान संशोधन प्रस्तावलाई कार्यसूचीमा नराखेको भन्दै अापत्ती जनाए ।

संविधान संशोधन विधेयकलाई कार्यसूचीमा नराखेर सरकारले के गर्न खोजेको हो भन्दै उनले आफूहरु आश्चर्यमा परेको बताए । ‘हामी प्राधिकरण विधेयकको विपक्षीमा छैनौं, पास हुनुपर्छ’ श्रेष्ठले भने-‘दोस्रो प्राथमिकतामा संविधान संशोधन विधेयक हुनुपर्छ । यो कार्यसूचीमा नआउँदासम्म छलफल अघि बढ्न सक्दैन ।’

लगतै कांग्रेस सांसदहरु आफ्नो स्थानबाट उठे । बैठकमा नेमकिपाका सांसदले भने नाकाबन्दीबारे छलफल गर्नु पर्ने माग गरे ।

सभामुख वनसरी घर्तीले अर्को बैठकमा संविधान संशोधन विधेयकलाई कार्यसूचीमा राख्ने भन्दै बस्न आग्रह गरे । तर, कांग्रेस सांसदहरुले नमानेपछि बैठक २९ गतेसम्म स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?