Comments Add Comment

ग्यास कालोबजारी गर्ने सशस्त्रका पूर्व निरीक्षक पक्राऊ

LP-gas-cilinder

१८ माघ, काठमाडौं । सशस्त्र प्रहरीका पूर्वनिरीक्षक राजेश भारतीलाई ग्यास सिलिण्डर कालोबजारी गरेको अभियोगमा प्रहरीले सोमबार पक्राउ गरेको छ । भारतीको बौद्धस्थित पसलबाट भरिएका २८५ ग्यास सिलिण्डर बरामद समेत भएको छ ।

भारतीले कालोबजारी गरेको सूचनाको आधारमा अपराध महाशाखाको टोलीले सोमबार अपरान्ह छापा मारेको हो । छापा मार्दा २५८ सिलिण्डर गीता कम्पनिका र बाँकी सबै एसटीसी कम्पनिका सिलिण्डर बरामद भएको अपराध महाशाखा प्रमुख एसएसपी सर्बेन्द्र खनालले जानकारी दिए ।

बरामद भएका सबै सिलिण्डर ग्यास भरिएका छन् । उनले आधा सिलिण्डर ग्यासलाई १५ सय रुपैयाँसम्ममा बिक्री गरेको पाइएको प्रहरी स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment