१४ चैत, काठमाडौं । देशको राजधानीमा धेरै वकिलहरु भेटिनु अनौठो होइन । तर, काठमाडौंपछि सबैभन्दा धेरै वकिलहरु कुन जिल्लामा होलान् ? तपाईले बिराटनगर वा वीरगञ्जको नाम लिनुभयो भने त्यो गलत हुनेछ ।
नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि चैत २० गते हुने चुनावमा मतदाताहरुको सूची हेर्दा काठमाडौं उपत्यकापछि सबैभन्दा बढी वकिलहरु रहेको जिल्ला कास्की हो ।
बारको चुनावमा देशभरि ३३ वटा मतदान केन्द्रहरु छन् । ती मतदान केन्द्रबाट ९ हजार ५ सय २२ वकिलले २५ पदाधिकारीका लागि मतदान गर्दैछन् ।
कुल मतदातामध्ये ५ हजार ८ सय ६२ जनाले काठमाडौं उपत्यकाबाट मतदान गर्नेछन् । सोलुखुम्बु, काभ्रे, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक र रामेछापका साथै उपत्यकाका तीन जिल्लाका वकिलहरुले उपत्यकाबाटै मतदान गर्नेछन् । यी सबै जिल्लाका मतदाताको संख्या जोड्दा ५८ सय ६२ पुग्छ ।
कुन जिल्लामा कति वकिल ?
काठमाडौं उपत्यकापछि कास्कीमा धेरै वकिलहरु छन् । बारको मतदाता नामावली अनुसार सो जिल्लामामात्रै ४१९ वकिल छन् । जबकि झापामा १३३ र मोरङमा करिब ३० सय वकिलहरु छन् ।
त्यस्तै सुनसरीमा १७६, सप्तरीमा २२७ र सिराहामा ५४ जना वकिलहरु मतदाताका रुपमा रहेका छन् ।
सिन्धुली, महोत्तरी र धनुषासमेत तीन जिल्लाबाट मतदानमा भाग लिने वकिलको संख्या १६३ मात्रै छ ।
चितवनमा मात्रै १६४ जना मतदाता छन् भने पर्सामा १३९ र बारामा ३७ जना मतदाता छन् ।
तराईका जिल्लामा पहाडमा भन्दा धेरै वकिलहरु छन् । रुपन्देहीमा करिब अढाइ सय वकिलहरु मतदाताका रुपमा छन् । नवलपरासीमा ५९ जना छन् । दाङमा ११३, बर्दियामा ६० र कैलालीमा ८६ जना वकिलहरुले बारको चुनावमा भाग लिँदैछन् ।
३३ मतदान केन्द्र र मतदाताको संख्या
प्रतिक्रिया 4