Comments Add Comment

मधेस मोर्चालाई बाबुरामको चुनौतीः संविधान नमानेको हो भने संसद छाडेर आऊ

Baburam-Bhattrai

५ वैशाख, जनकपुरधाम । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले नयाँ संविधान नमानेको हो भने संसद छाडेर आउन मधेसवादी दलहरुलाई चुनौती दिएका छन् ।

मधेस जागरण अभियान अन्तरगत आइतबार धनुषामा आयोजित कार्यक्तममा भट्टराईले मधेसवादी दलहरुले संविधान पनि मान्य छैन भन्ने र त्यही संविधान अन्तरगतको संसदमा बसेर भत्ता पनि खाने गरेको बताए । यदि आन्दोलन गर्ने हो भने भत्ताको लोभ नगर्न र संसद छाड्ेर आउन उनले चुनौती दिए ।

पूर्व प्रधानमन्त्री भट्टराईले नयाँ शक्तिले राज्य सञ्चालनमा पनि नयाँ सोच ल्याउन चाहेको बताए । खासआर्य, जनजाति र मधेसीले पालै पालो राज्य सञ्चालन गर्नु पर्ने भन्दै उनले भने, ‘समानुपातिक प्रतिनिधित्व भएर मात्र भएन । नेतृत्व पनि पालैपालो हुनुपर्छ ।’

उनले गणतन्त्र ल्याउँदासम्म अहिलेका दलहरु ठीक गरेको तर, अब भने उनीहरुले त्यसकै ब्याज खाने बताए । कांग्रेसले ००७, एमालेले ०४६ र माओवादीले जनयुद्धको ब्याज खोजेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment