+
+
Shares

कांग्रेसले चुट्कीको भरमा सरकार ढाल्न सक्छः अर्जुननरसिंह केसी

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ८ गते १७:४३

arjun narshing kc 1

८ वैशाख, काठमाडौं । नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले काग्रेससँग चुट्कीको भरमा वर्तमान सरकार ढाल्ने क्षमता भएको दाबी गरेका छन । यद्यपि अहिले सरकार ढालेर मात्रै समस्या समाधान नहुने भएकोले कांग्रेसको त्यस्तो कुनै एजेण्डा नरहेको स्पष्ट पारे ।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा कांग्रेस नेता केसीले भूकम्पपछिको पुनःनिर्माण, मधेस समस्याको समाधान, कालाबजारी र तस्करी नियन्त्रणमा सरकारको भूमिकाप्रति आफूहरु सन्तुष्ट नभएको बताए ।

सरकार गम्भिर नभए कांग्रेस सडक आन्दोलनमा उत्रने उनको चेतावनी छ । उनले भने, ‘सरकारको कामसँग हामी सन्तुष्ट छैनौं । मुलुकको समस्यामा छलफल गर्न तत्काल संसद बोलाउनुपर्छ । सरकार गम्भिर नभए हामी संसद चल्न नदिने मात्रै होइन, सडक आन्दोलनमा जाने मनस्थितिमा छौं ।’

केसीले सुनवाई समिति नभएको अवस्थामा सरकारले एकतर्फी रुपमा राजदूत सिफारिस गरेकोप्रति आफूहरुको आपत्ति रहेको भन्दै यसको कडा प्रतिरोध गर्ने चेतावनी दिए ।

मधेसको समस्या समाधान गर्ने तर्फ सोच्नु पर्नेमा प्रमुख प्रतिपक्षी कांग्रेससँग समेत सल्लाह नगरेर सरकार गैरजिम्मेवार बनेको उनको आरोप छ ।

कार्यक्रममा एमाले सचिव भीम आचार्यले नेपाली कांग्रेसले भन्दैमा वा कोशिश गर्दैमा सरकार नढल्ने र सरकार ढाल्ने ल्याकत काग्रेससँग नभएको दाबी गरे ।

भूकम्पपछिको पुनर्निर्माण, संविधानको कार्यान्वयन गर्नु पर्ने बेलामा सरकार फेर्न लागे कांग्रेस संविधान कार्यान्वयन हुन नदिने खेलमा लागेको पुष्टि हुने उनको तर्क थियो ।

आचार्यले मधेसी दलहरुले संगठनलाई ब्यूँतारहन विजनेशका लागि मात्रै आन्दोलन गरिरहेकोउनकेा दाबी छ । उनले भने, ‘मधेसमा दुई प्रदेश हुँदैन भन्ने तीन दलको बटमलाइन हो । संघर्ष र आन्दोलन गर्दैमा संविधान परिवर्तन हुँदैन । कि निर्वाचनबाट दुई तिहाई बहुमत ल्याएर गर्नसक्नु पर्यो कि वार्ता र सम्वादबाट गर्नु पर्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?