Comments Add Comment

दक्षिण कोरियामा बीमाको फाइदा कसरी उठाउने ?

korea-seoul११ वैशाख, काठमाडौं । दक्षिण कोरिया जाने तयारीमा हुनुहन्छ ? कि कोरियामै रहेर काम गर्दै हुनुहुन्छ ? त्यसो हो भने तपाईंले कोरियामा लागू भएको कामदार क्षतिपूर्ति बीमाको व्यवस्थाबारे जान्नु आवश्यक छ ।

कोरियामा झण्डै ३५ हजार नेपाली कामदार इपीएस कोटाबाट कामका लागि पुगिसकेका छन् । पछिल्ला समयमा कोरियमा कार्यस्थलमा हुने दुर्घटनाबाट नेपालीहरु पीडित पनि छन् ।

सन् २०१५मा कोरियामा यस्तै दुर्घटनाबाट ३ जना नेपालीले ज्यान गुमाए । थुप्रै नेपाली कामदारले औद्योगिक तथा कृषि मजदुरका रुपमा काम गर्दा गर्दै अंगभंग ब्यहारेका छन् । त्यसैले जोखिमलाई कम गर्न कामदारले बीमा गर्नु आवश्यक हुन्छ ।

दक्षिण कोरियाले कामदारको हीतको लागि औद्योगिक कलकारखानामा काम गर्दा हुन सक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर कामदारको क्षतिपूर्ति बीमा व्यवस्था लागू गरेको छ ।

यसमार्फत कार्यस्थलमा लाग्न सक्ने चोटपटकमा गर्नुपर्ने औषधी उपचार तथा दुर्घटनामा कामदारको मृत्यु हुँदा कानूनी हकदारले क्षतिपूर्ति पाउने ग्यारेन्टी कोरियाले गरेको छ ।

कामदार क्षतिपूूर्ति बीमाको पि्रमियम वापत तिर्नुपर्ने रकमका लागि रोजगारदाता जिम्मेवार हुने भएकाले आफू कार्यरत कम्पनीमा रोजगारदताले बीमा प्रिमियम भुक्तनी गरे/नगरेको विषयमा जानकारी कामदारले चासो राख्नुपर्ने विज्ञहरुको सुझाव छ ।

बीमा लागू हुने ठाउँ

एक जनामात्र कामदारले रोजगारी प्राप्त गरेको कम्पनी भएपनि कामदारको बीमा बाध्यात्मक गरिएको छ । बीमाको व्यवस्था नगरेको कम्पनीमा कामदार दुर्घटनामा परेपनि यो बीमा सुविधा दिनुपर्ने नियम छ ।

काम गर्दागर्दै हुनसक्ने दुर्घटनामा यो बीमा काम लाग्छ । यो बीमाले कामदारलाई आत्मविश्वासका साथ काम गनर् सहयोग गर्छ ।कोरियामा विदेशी कामदारका कार्यस्थल कम्ति जोखिमपूर्ण छैनन् ।

तर, कोरियामा लागू भएको कामदार क्षतिपूर्ति बीमाले प्रवासी कामदार र कोरियाली कामदारको बीचमा कुनै भेदभाव नगर्ने व्यवस्था छ । समान व्यवहार गर्ने नीति अनुरुप कामदारको बसाई गैरकानूनी भएता पनि यस बाट लाभ प्राप्त गर्न भने सकिन्छ ।

दुर्घटना भए के गर्ने ?

कार्यस्थलमा दुर्घटनामा परेर उपचार गराउँदा अस्पतालमा कामदार क्षतिपूर्ति बीमा फाराम भरेर चिकित्सा सुविधाको दावी  गर्न सकिन्छ । यो दावी ‘कामदार क्षतिपूर्ति बीमाको शाखा कार्यालय’मा बुझाउनुपर्छ ।

फाराम भर्दा राहदानीको प्रतिलिपि, विदेशी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, डाक्टरले जाँच गर्दाको राय, दुर्घटनाको प्रत्यक्षदर्शी भए साक्षी तथा दुर्घटनाका सबुत दिने अन्य कागजातहरु बुझाउनुपर्छ । यस्ता फारामहरु अस्पतालहरुमा पनि उपलब्ध हुन्छन । दाबी फाराम बुझाइसकेपछि उपयुक्त रकम प्राप्त गर्न केही समय पर्खनुपर्छ ।

korea-2

कम्पनीले असहयोग गरे के गर्ने?

कार्यस्थलको दुर्घटनामा परेको कामदारलाई कम्पनीले आवश्यक सहयोग नगरेको उदाहरणहरु पनि छन् । यस्तो भएमा ‘कोरिया वर्कस कम्पेनसेसन एण्ड वेलफेयर सर्भिस’मा सम्पर्क गरेर सहयोग माग्न सकिन्छ ।  सर्भिसको फोन नम्बर १५८८-००७५ भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ ।

कार्यस्थलमा भएको दुर्घटना वा त्यसैकारण लागेका रोगका कारण काम गर्न नसकेपनि विदामा बस्दा कामदारले ७० प्रतिशत तलव पाउन सक्छ

बीमाको प्रयोजन  
मजदुरका लागि कार्यस्थल आफैंमा जोखिमपूर्ण ठाउँ हो । मेसिनको प्रयोगका क्रममा साना-ठूला दुर्घटनाको त्रास र जोखिम रहन्छ नै ।

त्यसैकारण लाग्न सक्ने चोटपटक र ज्यानै सम्म जान सक्ने सम्मका दुर्घटनाको जोखिमको न्युनिकरणका लागि लागि बीमा गराउनुपर्छ । तर, त्यस्ता घटनापछि कामदारले क्षतिपूर्ति बीमाका लागि अधिकार पाएका अस्पतालमा औषधी उपचार गराउनुपर्छ ।

फाइदा के छन् ?

कार्यस्थलमा भएको दुर्घटना वा त्यसैकारण लागेका रोगका कारण काम गर्न नसकेपनि विदामा बस्दा कामदारले ७० प्रतिशत तलव पाउन सक्छ । त्यसैले पनि यो बीमा निकै महत्वपूर्ण छ ।

दुर्घटनाबाट भएको चोट वा त्यसको असरबाट लागेको स्वास्थ्य समस्या निवारण गर्न २ वर्षसम्मको औषधी उपचारबाट पनि ठीक नभएमा असक्तताको स्तर प्रमाणित गरेर वाषिर्क भत्ता समेत दिने व्यवस्था कोरियाले गरेको छ । यस्तै दुर्घटना वा रोगको कारणले उपचार सकिएपछि पनि स्थायी रुपमा अपाङ्गता भएमा यसको स्तरको आधारमा क्षतिपूर्ति पाउन सकिन्छ ।

यस्तो बीमा क्षतिपूर्ति प्रयोजनको लागि १४ किसिमका स्थायी अपाङ्गतालाई वर्गीकरण गरिएको हुन्छ । उपचारपछि पनि आशिंक वा पूरा समय नर्सिङ सेवाको आवश्यकता परेमा अगांगतका स्तरका आधारमा नर्सिङ सेवा समेत दिने व्यवस्था गरिएको छ ।

दुर्घटनापछि उपचार गराइरहेको कामदार स्वदेश र्फकन चाहेमा क्षतिपूर्ति बीमावापत पाउने औषधोपचार र हेरचाह, अस्थायी वास्थायी अपाङ्गता सम्बन्धी क्षतिपूर्ति रकम एकमुष्ट रुपमा बुझ्न पाउँछ ।

रकम भुक्तानी पाउनका लागि माग गर्न सक्दछ । यसरी माग एकमुस्ट रकम माग गर्दा स्वदेश फिर्ता पश्चात पनि निजको उपचारको लागि चिकित्सकको राय समेत लिनु आवश्यक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment