Comments Add Comment

‘हाउ फन्नी’ले २ दिनमा कति कमायो ?

priyanka and keki
बुधबार बेलुकी आयोजना गरिएको प्रमियर शोबाट नकारात्मक समिक्षा धेरै पाएको चलचित्र ‘हाउ फन्नी’ले व्यापार भने सकारात्मक गरेको छ । शुक्रबार ५० प्रतिशत भन्दा बढी अकुपेन्सी पाएको यो यो चलचित्रले शनिबार बिदाको दिनलाई सदुपयोग गरेको निर्माणपक्षले दाबी गरेको छ ।

निर्देशक निलु डोमा शेर्पाका अनुसार चलचित्रको व्यापार २ दिनमा ५० लाख ग्रसको हारहारीमा छ । देशभरका करिब ४० वटा पर्दामा रिलिज भएको चलचित्रले शुक्रबार १५ र शनिबार ३५ लाखको व्यापार गरेको दाबी यसको निर्माणपक्षले दिएको छ । २ दिनमा ५० लाख ग्रस गर्दा निर्माताको हातमा १५ लाखको हारहारीमा शेयर आउँछ । यसरी हेर्दा चलचित्रले आजबाट अझ गजबको व्यापार गर्नु आवश्य छ ।

दयाहाङ राइको स्टारपावर, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी जस्ता चिनिएका अनुहारका कारण पनि २ दिन चलचित्रको व्यापार केही सुखद भएको वुझ्न सकिन्छ । मल्टिप्लेक्समा दया सर्वाधिक रुचाइएका कलाकार हुन्, जसका कारणले पनि यसको फाइदा ‘हाउ फन्नी’लाई भएको छ ।

शुक्रबार भन्दा शनिबार काठमाण्डौका क्यूएफक्स, बीग, एफक्यूबमा चलचित्रको शो बढेको थियो । गोपिकृष्ण, अष्टनारायण लगायतका हलमा पनि चलचित्रको व्यापार सुखद देखियो । मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको यो चलचित्रले २ यूवतीको जाशुशी शैलीलाई देखाएको छ ।

आइतबारबाट वर्ड अफ माउथले चलचित्रलाई उकालो लगाउने वा ओरोलो लगाउने गरेको हुन्छ । यसैले, चलचित्र चलेको र नचलेको थाहा पाउन, अझै केही दिन यसको व्यापार हेर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment