१५ वैशाख, काठमाडौं । पशु प्राविधिक अन्गरत जेटीए कोर्स पुरा गरेर खाली हात बस्नुभएको छ ? जागिर पाइएन भनेर हैरान हुनुहुन्छ भने सरकारी जागिरको सुनौलो अवसर छ ।
सरकारले ‘एक गाउँ, एक पशु सेवा प्राविधिक’ कार्यविधि अन्तरगत ५ सय जना पशु सेवा तथा स्वास्थ्य प्राविधिक पदमा दरखास्त आवेदन माग गरेको छ । नायव पशु सेवा प्राविधिक र नायव पशु स्वास्थ्य प्राविधिक गरी दुई पदमा समान २५० जना माग गरिएको हो ।
पशुविकास मन्त्रालय अन्तरगत पशुसेवा विभागले जिल्लाअनुसार छुट्टाछुट्टै कोटा निर्धारण गरेर ५ सय प्राविधिक भर्ना गर्न लागेको हो ।
भटेरिनरी समूहको राजपत्र अनंकित द्वितीय श्रेणि सरहको प्राविधिक पदमा दरखास्त आह्वान गरिएको हो । ७३ जिल्लाका लागि पशु प्राविधिकको माग भएको छ ।
पशु प्राविधिक अन्तरगत करारमा सेवा गर्न चाहनेले वैशाख २९ गतेसम्म आवदेदन दिनुपर्ने विभागले जनाएको छ ।
यसका लागि एसएलसी उर्त्तीण भएर पुश विज्ञान, पशु स्वास्थ्य र पशुपालनमा जीटिए पास गरेको वा यही विषयमा टी-एसएलसी गरेको हुनुपर्नेछ ।
प्रतिक्रिया 4