४ पुस, काठमाडौं । चौधरी ग्रुप (सीजी) फाउन्डेशन अन्तर्गत सञ्चालित ‘द चादबाग स्कुल’ ले आफ्नो वार्षिक उत्सव मनाएको छ । २९ वर्षदेखि शैक्षिक सेवा प्रदान गर्दै आएको चादबागले आफ्नो ‘एनुअल डे सेलिब्रेशन’ गरेको हो ।
वार्षिक उत्सवको अवसरमा प्रमुख अथितिको रूपमा भारतको दार्जिलिङमा रहेको सेन्ट जोसेफ्स स्कुल, नर्थपोइन्ट दार्जिलिङका रेक्टर तथा प्रिन्सिपल फादर एड्भोकेट स्टान्ली भर्गीज एसजे रहेका थिए । भने विशेष अथितिको रूपमा चौधरी ग्रुपका अध्यक्ष विनोध चौधरी रहेका थिए ।
सेलिब्रेशन अन्तर्गत विद्यार्थीहरूले नृत्य, नाटक, गायन लगायतका विभिन्न प्रस्तुतीमार्फत आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए । विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयको २९ वर्षे यात्राबारे समीक्षा समेत गरिएको थियो । चौधरी ग्रुपका अध्यक्ष चौधरीले विद्यालयले गुणस्तरीय शिक्षामा बनाएको पहिचानको प्रशंसा गर्दै विद्यार्थीको समग्र विकासमा विद्यालयको भूमिका आगामी दिनमा झनै महत्वपूर्ण हुने बताएका थिए ।

पछिल्लो समय विदेश पढ्न जाने चाहना घर घरको कहानी जस्तै भइरहेको बताए । विश्वका विश्वविद्यालय संसारभर फैलिरहेको बताउँदै नेपालका शैक्षिक संस्थालाई बाहिर विस्तार गर्न थुप्रै खालका चुनौती रहेको बताए ।
शिक्षाको गुणस्तर शैक्षिक संस्थासँग जोडिएको बताउँदै उनले त्यसका लागि शिक्षा प्रदान गर्ने क्रममा शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका हुने बताए ।
स्कुलका चेयरमेन दामेदर लामिछानेले विद्यार्थीहरूलाई सक्षम हुनका लागि कडा परिश्रमिक आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया 4