Comments Add Comment

क्यानडाको नक्कली भिसा देखाउँदै लाखौं ठग्ने पक्राउ

२० वैशाख, काठमाडौं । क्यानडाको भिसा पाइन्छ भन्ने प्रलोभनमा ठूलो रकम बुझाउँदै हुनुहुन्छ ? जो-कसैको विश्वासमा नपर्नुस् । काठमाडौंमा यसरी ठगी गर्नेहरु पक्राउ पर्ने क्रम बढेको छ ।

पछिल्लोपटक प्रवल एजुकेशन कन्सल्टन्सीले भिसामा क्यानाडा पठाउने भन्दै ठगी गरेको खुलेको छ । कन्सल्टन्सी सञ्चालक काभ्रेपलान्चोक सिपाली चिलाउने-१ घर भएर काठमाडौंको बसुन्धरा बस्ने डेन्जीन लामा पनि पक्राउ परेका छन् ।

अभियुक्त डेन्जीन लामा
अभियुक्त डेन्जीन लामा

उनले क्यानडाको भिजिट भिसा मिलाइदिने भन्दै १०/१५ लाख रुपैयाँ उठाएको उजुरी परेको थियो । महानगरीय अपराध महाशाखा रामेछापका राजु श्रेष्ठ र देवेन्द्र सुनुवार, दोलखाका विवेकराज कार्की, भक्तपुरका रमेशकुमार केसीसँग भिसाका लागि १५ लाख लाग्ने भएपनि प्रोसेसका लागि भन्दै ५० हजार रूपैयाँ बुझेका थिए ।

प्रहरीको विशेष टोलीले बसुन्धरास्थित कन्सल्टेन्सीमा खानतलासी गर्दा ५ लाख रुपैयाँसम्म रसिद काटेरै उठाएको भेटाएको छ । कन्सल्टेन्सी शिक्षा मन्त्रालयको शैक्षिक परामर्श केन्द्रमा दर्ता समेत नभएको प्रहरीले जनाएको छ ।

लामाले विभिन्न एजेन्टमार्फत क्यानाडा जान चाहने व्यक्तिलाई सम्पर्कमा ल्याउने र प्रतिब्यक्ति १५ लाख रुपैयाँ उठाउने  गरेका थिए । उनले एक क्यानेडियन नागरिकलाई दिल्लीमा राखेर भिजिट भिसाका नाममा ठूलो रकम असुलेर ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । प्हरी अनुसन्धानमा अहिलेसम्म उनले १४ जनालाई ठगी गरेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment