Comments Add Comment

डार्विनमा बिशेष सास्कृतिक साँझ सम्पन्न

parth_nepali_proडार्विन। डार्विनमा नयाँ बर्ष बिशेष सास्कृतिक साझ भब्य सम्पन्न भएको छ।

नाचौ, गाऔ, रमाइलो साझ” नाम दिइएको कार्यक्रमको पहिलो शो मा डार्विनमा रहेका नेपालीहरू मिलन लामा, ज्योति मगर र नेपाली तारा सन्तोष लामाको गीतमा झुमेका थिए ।

ज्योति मगर को “ढाडे बिरालो होस्” वा “त्यै मुलाको चाना” होस् । मिलन लामा को “माझी दाई पोखरा फेवाताल” को होस् कि ” घरमा पराल बारीमा बन्सो” होस् हरेक गीतमा दर्शकहरु नाचिरहेका देखिन्थे ।

स्थानिय कलाकारहरुको उत्कृष्ट प्रस्तुती संगै सुरुभएको कार्यक्रम, मिलन लामा र ज्योति मगरको दोहोरी सम्म पुग्दा रातको झन्डै साढे एघार बजिसकेको थियो  । तै पनि दर्शकमा जोश कत्ती घटेको थिएन। नेपाली तारा सन्तोष लामाका अधिकाङ्क्षी गीतहरु सँगै झुम्न सुरु गरेका थिए ।

rajendra pikhrelत्यस्तै कार्यक्रममा चर्चित युबा हास्य कलाकार राजा राजेन्द्र पोखरेलको समसामयिक विषयमाथिकाे व्यंगले कार्यक्रममा उपस्थितहरूलाइ मनोरञ्जन दिएको थियो । सबै पेट मिची मिची हास्न बाध्य भएका थिए । कार्यक्रमको अन्त्यतिर ज्योती मगर र मिलन लामाले गाएको गीतमा सबै नेपालीहरू झुमेका थिए ।

“यो डार्विन कै एउटा अबिश्मरणिय साझ हो”, कार्यक्रम भएको सहभागीहरूको प्रतिक्रिया थियो । सो कार्यक्रम मा नर्दन टेरिटोरिका बहुसास्कृतिक मामिला मन्त्री पिटर स्टायल्स प्रमुख अतिथी थिए  भने एनएएनटी का अध्यक्ष्य गणेश अधिकारी ले स्वागत मन्तब्य र गैर आवासिय नेपाली संघ – एनटी सङ्योजक निरज गुरुङ ले धन्यवाद मन्तब्य राखेका थिए ।  नाचौ, गाऔ, रमाइलो साझ् को अर्को शो यही मे ८ तारिक पर्थमा हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment