Comments Add Comment

मलेसियामा पक्राउ परेका २६ नेपाली घर फर्किए

malesiaमलेसिया । अवैधानिक रुपमा काम गरिरहेको अभियोगमा मलेसियामा पक्राउ परेका मध्ये २६ जना नेपालीहरुलाई मंगलवार उद्धार गरी नेपाल पठाइएको छ ।

मलेसियाको इमिग्रसन डिपो माचाप अम्वोमा रहेका मध्ये २६ जना नेपालीहरुको उद्धार गरिएको हो । नेपाली दुतावास मलेसियाको पहलमा नेपाल सरकार, वैदेशिक रोजगार प्रबर्द्धन बोर्डको सहयोगबाट हवाइटिकट किनेर उनीहरुलाई स्वदेश फर्काइएको हो ।

मंगलवार उद्धार गरिएकाहरुमा  भोजपुरका धन देव राई र विनोद गौतम, दोलखाका लाक्पा दोर्जे शेर्पा, सुनसरीका गिता माया राई र लाल वहादुर विश्वकर्मा,उदयपुरका हरि वहादुर थापा, पाचँथरका रुपेश सुवेदी , धन प्रसाद नेम्वाङ, लोक प्रसाद नेम्वाङ, र कविन्द्र योङहाङ रहेका छन् ।

त्यसै गरी सिन्धुपाल्चोकका भुपेन्द्र  श्रेष्ठ, दाङका धर्मराज भटटराई कपिलवस्तुका प्रदिप अहिर, सुर्खेतका विवेक सोडारी, तनहँका मिलन गुरुङ, काठमाण्डौका प्रविन कृष्ण पौडेल, झापाका भोजराज घिमिरे, सप्तरीका वागविच लोप्चन र गोपाल राईर्, रोल्पाका शेर वहादुर दमाई, मोरङका प्रकाश कुमार राई, नुवाकोटका काले तामाङ, जाजरकोटका नरेन्द्र कुमार सिह,रुकुमका सत्य नारायाण वुढा, महोत्तरीका राज कुमार यादव, र काभ्रेका कृष्ण हरि वानिया, रहेका छन् ।

विशेष गरी अवैधानिकरुपमा काम गरेको अभियोगमा जेल सजाय काटिसकेपछि घरफिर्ती केन्ऽहरुमा स्वदेश फर्किने अनुमतिका साथ स्थानान्तरण गरिएका तर टिकट किन्ने रकम नहुँदा लामो समयसम्म अलपत्रमा परेका परेकाहरुलाई नेपाली दूतावासको पहलमा उद्धार नेपाली दुतावासले जनाएको छ ।

हाल सम्म सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोग तथा नेपाली दुतावास मलेसियाको पहलमा निशुल्क टिकटको व्यवस्था गरी नेपाल फर्काइएको संख्या ५५७ जना पुगेको छ । अझै सयौ नेपालीहरु घर फिर्ती केन्द्रहरुमा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment