+
+
Shares

ओलीले सर्वसत्तावादी चरित्र देखाएको रामचन्द्र पौडेलको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३ गते १६:२०

Ramchandra Paudel

३ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सर्वसत्तावादी चरित्र देखाएको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस नेता पौडेलले आफूहरुसँग सल्लाह नै नगरी एकतर्फीरुपमा संविधान कार्यान्वयनको कार्ययोजना बनाएर प्रधानमन्त्री ओलीले सर्वसत्तावादी चरित्र देखाएको आरोप लगाए ।

संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति चाहिनेमा प्रधानमन्त्री ओलीले अविश्वास बढाएर मुलुकलाई संकटमा पार्न खोजेको उनको आरोप छ । प्रमुख दल र आन्दोलनरत दलबीचको एकता मुलुकको अहिलेको आवश्यकता भएको भन्दै सरकारी कार्ययोजनाका आधारमा संविधान कार्यान्वयन हुन नसक्ने बताए ।

कांग्रेस नेता पौडेलले सरकार र आन्दोलनकारी मधेसवादी दलबीच वार्ता गराएर समस्याको निकास खोज्ने काँग्रेसले भूमिका खेल्नुपर्ने भन्दै उनले यसमा पार्टी सभापति देउवा असफल भएको आरोप समेत लगाएका छन् ।

कार्यक्रममा कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन नभए त्यसको जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताए । आफ्नो नेतृत्वमा जारी भएको संविधानको कार्यान्वयनका लागि कांग्रेसले सरकारलाई सही बाटोमा हिंडाउन सक्नुपर्ने अन्यथा सरकारमाथि दोष थोपरेर काँग्रेस उम्किन नपाउने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?