
८ असार, काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले बुधबार बिहान एकसाथ २० उपग्रहलाई अन्तरिक्षमा पठाएको छ ।
आन्ध्रप्रदेशको श्रीहरिकोटास्थित सतीश धवन केन्द्रले सी ३४ को माध्यमबाट उपग्रहलाई अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।
भारतले एकसाथ २० उपग्रहलाई अन्तरिक्षमा पठाएको यो पहिलो पटक हो । यसअघि अमेरिका र रुसले यसरी धेरै संख्यामा उपग्रहहरु प्रक्षेपण गरेका थिए ।
प्रक्षेपणपछि इसरोका प्रमुख एस किरण कुमारले पीएसएलबी सी ३४ ले आफ्नो काम पूरा गरेको बताए ।
अन्तरिक्षमा पठाइएका २० मध्ये तीनवटा भारतका र १७ वटा विदेशी उपग्रह हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4