Comments Add Comment

मोदी र जिनपिङबीच भेट, तर, चीनले कुनै आश्वासन दिएन

९ असार, काठमाडौं । भारतले चीनलाई न्यूक्लियर सप्लायर्स ग्रुपको सदस्यतामा न्यायपूर्ण र निष्पक्ष रवैया अपनाउन भनेको छ ।

Xi-Jinping-and-Narendra-Modi
फाइल तस्वीर

चिनियाँ राष्ट्रपति शि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार भेटवार्ता भएको थियो । भेटमा मोदीले यस मामिलामा निष्पक्ष व्यवहार देखाउन आग्रह गरेको विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले बताएका छन् ।

दक्षिण कोरियाको सियोलमा शुक्रबारदेखि एनएसजी देशको बैठक हुँदैछ, जसमा भारतलाई समूहमा संलग्न गराउनेबारे छलफल हुनेछ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले मोदीको अमेरिका भ्रमणका क्रममा एनएसजीको सदस्यताका लागि सहमति जनाएका थिए । तर, चीनले न्यूक्लियर सप्लायर्स ग्रुपमा भारतलाई संलग्न गर्ने प्रस्तावको विरोध गर्दै आएको छ ।

चीनले पाकिस्तानलाई पनि यो समूहको सदस्य बनाउनु पर्ने मनशाय व्यक्त गरेको छ । मोदीको आग्रहमा चिनियाँ राष्ट्रपतिको प्रतिक्रियाबारे सोधिएको प्रश्नमा प्रवक्ता स्वरुपले भने- यो कठिन सम्झौता हो । र, यसबारे थप केही भन्दिँन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment