Comments Add Comment

‘रोनाल्डोले पोर्चुगललाई युरोको फाइनलमा पुर्‍याउन सक्छन्’

Nani

काठमाडौं । क्रिष्टियानो रोनाल्डोले आफ्ना आलोचकलाई फेरि एक पटक गतिलो जवाफ दिएका छन् कि युरो २०१६ को फाइनलसम्म उनले पोर्चुगलको नेतृत्व गर्न सक्छन् । यो भनाइ उनकै टोलीका अर्का स्टार नानीको हो ।

पोर्चुगलका कप्तान रोनाल्डोले दुई गोल र १ गोलका लागि सहयोग गरेपछि बुधबार राति हंगेरीसँग बराबरी खेल्दै पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको थियो । यति गरेपछि ३१ बर्षीय रियल मड्रिड सुपरस्टार रोनाल्डो युरोकपको पछिल्लो चार संस्करणमा गोल गर्ने एकमात्र फुटबलर पनि बने । साथै पोर्चुगिज टोलीबाट १२९ खेलमा ६० गोल पुर्‍याए । रोनाल्डोले पोर्चुगलका लागि पछिल्लो २९ खेलमा २३ गोल गरेका छन् ।

सुरुवाती दुई खेलमा खराव प्रदर्शनपछि रोनाल्डो आलोचित बनेका थिए । अझ केहि अश्वाभाविक प्रदर्शनपछि त झन उनी विवादितपनि बनेका थिए ।

तर, हंगेरीमा देखाएको ‘वान म्यान’ प्रदर्शनले उनी लयमा फर्केको संकेत देखिएको छ । उनका पूर्व म्यानचेस्टर युनाईटेड टिममेट नानीका अनुसार पोर्चुगललाई युरोको फाइनलसम्म पुर्‍याउन उनले आफ्नो लय कायमै राख्नु जरुरी छ ।

नानीले भोलि हुने क्रोएशिया बिरुद्धको खेलपछि पोर्चुगलका लागि १०० क्याप जित्दैछन् । नानीले भने, हामी सबैले क्रिष्टियानोलाई चिनेका छौं, उसले खेलको हरेक मिनेटमा जे पनि गर्न सक्ने सामर्थ्य राख्छ । म शतप्रतिशत विश्वस्त छु कि उसले धेरै भन्दा धेरै गोल गर्नेछ । र उसले सक्छ पनि ।’

नानीले थपे, ‘उसको बारेमा अरुले जेसुकै भनुन्, उ शानदार खेलाडी हो । हरेक समय उसले कठिन क्षण गुजारेको छ । मानिसहरुको आलोचनालाई उसले हंगेरीबिरुद्धको खेलमार्फत गतिलो जवाफ दिएको छ ।’

फर्नाण्डो सान्तोषको टोली पोर्चुगलले समूह चरणमा आइसल्याण्ड र अष्ट्रियसँग पछि पर्दै समूहको तेस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको थियो । तर, नानी रोनाल्डोको प्रभाव मात्र गोलसँग तुलना गर्न नहुने मान्यता राख्छन् ।

नानी भन्छन्, ‘मेरो विचारमा उ जहिलेपनि सकारात्मक सोच लिएर खेल्छ र टोलीलाई जिताउन सँधै प्रयासरत हुन्छ ।’ फेनरबाचे फर्वाड नानीले थपे, ‘मलाई कहिल्यै लाग्दैन कि उसले गोल गर्न नसक्नुको अर्थ उसले राम्रो नखेल्नु हो । पूरै टिमकै हकमा यस्तै हो । हामीले समूहका सुरुवाती दुई खेलमा पनि उत्कृष्ट खेलेका थियौं ।

नानीले अगाडि भनेका छन्, ‘जरुर, म पनि समूह चरणमा हाम्रो प्रदर्शन लाई लिएर निराश थिए कि हामीले ३ अंकमात्र जोड् सक्यौं । तर, अहिले यो मानेमा खुसी छौं कि हामी दोस्रो चरणमा पुगेका छौं र हामीले अगाडिका खेलहरुका बारेमा सोच्नुपर्छ ।’

समूहको दोस्रो भएको भए पोर्चुगलले अन्तिम १६ मा इंग्ल्याण्डको साामना गर्ने सम्भावना बलियो थियो । तर आइसल्याण्डले अष्ट्रियाबिरुद्ध अप्रत्यासित जित निकालेपछि पोेर्चुगल र इंग्ल्याण्डको भेट टरेको हो । समूहमा तीन अंक ल्याएर तेस्रो हुँदै उत्कृष्ट चार टोलीभित्र रहेर नकआउट चरणमा छनौट भएको पोर्चुगलले शनिबार लेन्समा क्रोएशियासँग प्रतिस्पर्धा गर्नेछ ।

नानीले भने, ‘म तपाईंहरुसँग साँचो कुरा गर्छु कि यहाँ आउनुअघि हाम्रो लक्ष्य निक्कै ठूलो थियो । हामीले भनिसकेका छौं हामी प्रतियोगिता जित्न चाहन्छौं । जो सँग हामी प्रतिस्पर्धा गर्छौं हामी उनीहरुलाई जित्न सक्छौं भन्ने मान्यता हाम्रो हो । प्रतिस्पर्धी जोसुकै होउन त्यो ठूलो कुरा होइन ।’ नानीले थपे, ‘त्यसैले क्रोएशिया विरुद्धको खेलपनि हाम्रा लागि चुनौति हो । उनीहरुले हामीभन्दा एकदिन धेरै आराम गर्न पाएका छन् तर, हामी व्यवसायिक छौं ।’

रोनाल्डोको छायाँमा परेेर पनि नानीले यस युरोमा दुई गोल गरिसकेका छन् । ‘म जव राष्ट्रिय टोलीबाट मैदानमा उत्रन्छु हरेकपटक आफ्नो शतप्रतिशत योगदान दिन्छु, म सँधै अरुलाई सहयोग गर्न रुचाउँछु ।’ नानीले भने, ‘कहिले अरुले भन्दा म राम्रो खेल्छु कहिले मैलेभन्दा अरुले राम्रो खेल्छन् । तर अहिले म राम्रो लयमा छु, यसकारण म खुसी छु । मलाई आशा छ कि पोर्चुगिज टोलीलाई मेरो प्रदर्शनले अगाडि पुर्‍याओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment