१९ असार, नवलपरासी । कर्तव्य ज्यान मुद्दामा फरार एक जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले ६ बर्ष पछि पक्राउ गरेको छ ।
प्रहरीका अनुसार रामग्राम नगरपालिका १० मञ्झरिया निवासी ३९ वर्षीय ऋषिराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
०६७ साल चैत १४ गते नवलपरासी सरावलमा रुपन्देहीको बुटवल नगरपालिका १० निवासी ६० वर्षीय काशीराम पाण्डेलाई बन्चरो प्रहार गरी हत्या गरेर उनी फरार थिए ।
उनलाई भारतको पिपरहवा, मबुहवामा लुकिछिपि बन्दै आइरहेको भन्ने सूचनाको आधारमा भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
भारतीय प्रहरीले अभियुक्त चौधरी नेपाल आउँदै छ भन्ने सूचना दिएको आधारमा शनिबार राति उनलाई उनकै घरबाट पक्राउ गरेको थियो ।
घटनामा संलग्न बेचनप्रसाद चौधरी र सन्तोष चौधरीलाई भने अदालतले २० बर्ष कैद सजायँ सुनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4