+
+

सरकार परिवर्तनबारे माओवादी केन्द्रमा चार धार

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २३ गते ५:५८

Mao-Office२३ असार, काठमाडौं । राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि औपचारिक निर्णय गरेको नेकपा माओवादी केन्द्र वर्तमान सरकार छाड्ने नछाड्ने विषयमा भने आन्योलमा परेको छ ।

यो सरकार ढाल्ने कि नढाल्ने विषयमा पार्टीभित्र चार धार उत्पन्न भएपछि माओवादी केन्द्रले तत्काल कुनै निर्णय लिन नसकेको हो ।

भर्खरै मात्र पार्टी एकताबाट आउने नेताहरुले सरकार परिवर्तनको विषयलाई खासै चासो नदिएका आजको राजधानी दैनिकमा समाचार छ ।

आफूहरु भर्खर एकता प्रक्रियामा आएकाले यो विषयमा धेरै नबुझेकेको प्रतिक्रिया दिएर सरकार फेर्ने, नफेर्ने विषयको बहसमा उनीहरु सामेल हुन नचाहेको देखिएको छ ।

पार्टी संगठन निर्माणमा निक्कै चिन्तित देखिएका उनीहरुले राष्ट्रिय सहमति कायम गरेर संविधानका राम्रा पक्ष, शान्ति प्रक्रियाको बाँकी काम तथा मधेश आन्दोलनलगायत हल हुनुपर्ने पक्षमा बढी जोड दिएका छन् ।

सरकारकार परिवर्तन गर्न हुन्न भनेर कडा रुपमा यसअघि प्रस्तुत भएका नारायणकाजी समूहले भने अहिले कुनै निष्कर्ष निकालिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?