+
+
Shares

तीन चुनावका लागि पालैपालो तीन दलको नेतृत्वमा सरकारः पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २६ गते १५:५४

Shankar-Pokhrel

२६ असार, काठमाडौं । नेकपा एमालेका नेता शंकर पोख्रेलले निर्वाचनका लागि राष्ट्रिय सहमति चाहिएको हो भने तीवटा निर्वाचन प्रमुख तीन दलले सरकारको नेतृत्व पालै पालो गरेर गर्न सकिने बताएका छन् ।

केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई स्थानीय निकायको निर्वाचन गर्न दिनु पर्ने उनको प्रस्ताव छ ।

रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा एमाले नेता पोखरेलले भने, ‘चुनाव गराउनका लागि राष्ट्रिय सहमति चाहिँदैन तर, सक्रमणकालमा चुनाव गराउन सहमति नै चाहिएको हो भने तीनवटा चुनाव तीन प्रमुख दलले पालै पालो नेतृत्व लिएर गरौं ।’

माओवादीसँग नौबुँदे बाहेक कुनै भद्र सहमति नभएको भन्दै उनले भने, ‘ भद्र सहमति भएको भए सहमति भएको १५ दिन पनि वित्न नपाउँदै सरकार ढाल्ने अभद्र खेल किन खेल्नु परेको त ?’

छिमेकीसँगको सम्बन्ध सुधार, राष्ट्रिय हितको संरक्षण, मुलुकको सर्मथ्य बृद्धि, समृद्धिका लागि सरकार अघि बढिरहेको भन्दै नले अहिले ओली सरकारको विकल्प खोज्नु उपयूक्त नहुने जिकिर गरे ।

राष्ट्रिय सहमति कायम गर्न ब्यक्ति नभई एजेण्डालाई अघि सार्नु पर्ने भन्दै उनले संविधानको कार्यान्वयन, भुकम्प पछिको पुनर्निर्माण र मुलुकको आर्थिक समृद्धि अहिले सहमतिकेा एजेण्डा बन्न सक्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?