Comments Add Comment

धनबहादुरको परिवारलाई चितवन समाज युएईको आर्थिक सहयोग

chitwan samaj helpरोजगारीका क्रममा युएईमा निधन भएका चितवन, दारेचोक-३ लेवाटारका २६ वषिर्य धन बहादुर मगरको परिवारलाई चितवन समाज, युएईले आर्थिक सहयोग प्रदान गरेको छ ।

रोजगारीका क्रममा ह्रदयघातका कारण गत वैशाख ३ गते मगरको निधन भएको थियो । मगर दुबईको एक सेक्युरिटी कम्पनीमा गार्डको रुपमा चार वर्षदेखि कार्यरत थिए ।

भरतपुर-१२ स्थित थानीचोकमा रहेको चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको सभाहलमा गरिएको कार्यक्रममा मृतकका बुवा कमलसिंह मगरलाई समाजको पहलमा संकलित नगद ३० हजार ६ रुपैयाँ पत्रकारहरुको रहोबरमा हस्तान्तरण गरिएको हो ।

संस्थाका अध्यक्ष मुक्तिप्रसाद अधिकारीको सभापतित्व एवम् जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख वसन्त कुँवरको प्रमुख आतिथ्यमा उक्त राहत कार्यक्रम गरिएको थियो । चितवन समाज यूएईकी उपाध्यक्ष अस्मिता पाण्डेको विशेस अतिथ्यमा समाजका आजीवन सदस्य मनोज अर्यालले समन्वय तथा सहकार्य गर्दै उक्त राहत प्रदान गरिएको थियो ।

आपसी सहयोग, सदभाव र मानवीय सेवाको कार्य गर्दै चितवन समाज यूएईद्वारा विगतमा पनि यस्तै प्रकतिका सहयोग गरिएको समाजका कोषाध्यक्ष गणेश न्यौपानेले बताए । मृतकका बुवा कमलसिंह मगरलाई समाजको पहलमा संकलित नगद ३० हजार ६ रुपैयाँ पत्रकारहरुको रहोबरमा हस्तान्तरण गरिएको न्यौपानेले जानकारी दिएका छन् ।

उक्त राहत वितरण कार्यक्रम चितवन अन्तर्राष्ट्रिय समितिका महासचिव क्षेत्रप्रसाद देवकोटाले संचलान गरेका थिए । मगरको असामयिक निधनप्रति दुःख प्रकट गर्दै समाजले परिवारलाई सानो सहयोग गरेको समाजकी उपाध्यक्ष अस्मिता पाण्डेले बताइन् । समाजका कोषाध्यक्ष गणेश न्यौपानेको संयोजकत्वमा उक्त सहयोग रकम दुबईमा संकलन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment